NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

ब्राजिललाई हराउँदै २८ वर्षपछि अर्जेन्टिनालाई उपाधि जिताउँदा जो नायक बने

अन्ततः ब्राजिललाई उसकै मैदानमा स्तब्ध पार्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । २८ वर्ष लामो ठूला उपाधिको खडेरीलाई तोड्दै लियोनेल मेसी प्रेरित अर्जेन्टिनाले कोपाको उपाधि जितेको हो । जुन उपाधिक लागि अर्जेन्टिनाको लागि फाइनलमा डि मारिया नायक बन्न पुगे । २१ औं मिनेटमा रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले सुन्दर गोल गरेका थिए । निर्धारित ९० मिनेटसम्म यही एक गोलको नतिजाले अर्जेन्टिनाले ब्राजिललाई स्तब्ध पार्दै उपाधि जितेको हो । तीनवटा कोपा र एउटा विश्वकपको फाइनलमा स्तब्धपूर्ण हार बेहोरेका लियोनेल मेसीले अन्ततः प्रेरणादायी प्रदर्शन गर्दै टिमलाई कोपाको उपाधि जिताएका हुन् ।  उपाधिसँगै अर्जेन्टिनाले १५ औं पटक कोपाको उपाधि जितेको हो । जुन उरुग्वेसँगको बराबरी हो । फाइनलमा डि मारिया नायक बने पनि समूह चरणदेखि सेमिफाइनलसम्म मेसीले चार गाेल गर्नुका साथै पाँच गोलमा असिस्ट प्रदान गर्दै सबै खेलमा निर्णयक भूमिका निभाएका थिए । फाइनलसम्मकाे अाधार मेसीले काेरेपछि अन्तत: नायक डि मारिया बन्न पुगेका हुन् ।  उपाधिसँगै मेसीले ठूला प्रतियोगिता जित्न नसकेको आरोपलाई गलत सावित गर्दै ब्राजिललाई नै हराउँदै उपाधि दिलाउन सफल भएका हुन् ।