NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कलेजका विद्यार्थीका लागि ६ स्वास्थ्य टिप्स

यौन स्वास्थ्यबारेका बहसमा भाग लिने

काठमाडौँ । पढाइको दैनिकी, परीक्षाको तनाव आदिबाट फुर्सद नहुँदा कलेजका विद्यार्थीहरूले समान्यतया आफ्नो स्वास्थ्यमा ध्यान दिन पाइरहेका हुँदैनन् । रोगले च्यापेपछि वा बिरामी भएर काम गर्न नसक्ने भएपछि मात्र स्वास्थ्य परीक्षण गर्ने जमात पनि छ । अर्को कुरा, कलेजजीवन हरेक कुरामा उत्सुकता हुने उमेर हो । यसर्थ, उनीहरू गलत बाटोमा लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । अझ, यो उमेरमा यौनबारे बढी जिज्ञासा हुन्छ । केही सहरी क्षेत्रलाई छाडेर हाम्रो समाज अझै पनि यौनजस्ता कुरामा खुला छैन । त्यसैले, कलेज पढ्ने किशोर–किशोरी आफ्नो यौन स्वास्थ्यसँगै समग्र स्वास्थ्यबारे सचेत हुँदैनन् । यहाँ हामीले उनीहरूलाई स्वास्थ्य सचेतनाका केही टिप्स् दिएका छौँ । १. नियमित स्वास्थ्य परीक्षण गर्ने किशोर तथा युवा उमेरका विद्यार्थी स्वास्थ्यप्रति बढी हेल्चेक्र्याइ गर्छन् । यसकारण, विभिन्न रोग लाग्ने सम्भावना बढी रहन्छ । यसर्थ, एसटिडी अर्थात् यौन सञ्चारित रोगहरूबाट बच्न नियमित रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्दछ । कतिपय कलेजहरूले नै यस्तो सेवा दिइरहेका छन्, जुन सस्तोसमेत पर्छ । २. साथीहरूसँग खुलेर कुरा गर्ने  नेपाली समाजमा अझै पनि यौनको विषयमा खुलेर बहस गरिँदैन । टिनएजरहरू यसको प्रत्यक्ष सिकार भइरहेका हुन्छन् । यौनसम्बन्धी समस्यालाई लिएर खुल्न नसक्दा भविष्यमा भयानक रोग लाग्ने सम्भावना हुन सक्छ । तसर्थ, आफ्ना र रुचिका विषयमा नजिकका विश्वासिला साथीहरूसँग खुलेर कुरा गर्न जरुरी छ । साथै, कसैले इच्छाविपरीत यौनदुव्र्यवहार गरेको छ भने पनि त्यसको नडराई सामना गर्न सकिन्छ ।  ३. सुरक्षित रहने कसैसँग तपाईंको गहिरो प्रेमसम्बन्ध छ ? छ भने त्यसलाई सकभर यौनसम्म नपुर्‍याउनुहोस् । यदि, सक्नुहुन्न भने पनि यौनका मामलामा सधैँ सुरक्षित रहनुपर्छ । यौनजन्य रोगहरूबाट बच्न आवश्यक सुरक्षित सामग्री प्रयोग गर्न सकिन्छ । यस्तै, सम्बन्धका कारण पछि आउनसक्ने चुनौतीबारे सचेत रहनुपर्छ । ५. सहज महसुस गर्ने दबाबका बीच कसैसँगको सम्बन्धमा तपाईं रहनुभएको भए यसलाई तोड्दा नै राम्रो हुन्छ । आफ्नो सम्बन्धमा सचेत नहँुदा अनैतिक सम्बन्धका कारण परिवारलाई समेत असर पर्न सक्छ । तसर्थ, यस्ता कुरामा सचेत हुनुहोस् । ६. सेमिनारमा भाग लिने युवा पुस्ताका लागि हुने यौन स्वास्थ्यबारेका बहसमा भाग लिने गर्नुपर्छ । यस्ता कार्यक्रम तथा सेमिनारमा सहभागी भए यौन स्वास्थ्यबारे जानकारी लिन सहज हुन्छ ।