NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

देउवा सरकारमा पौडेल पक्षले माग्यो चार मन्त्रालय, कोको बन्दैछन् मन्त्री ?

काठमाडौं । पाँचौपटक प्रधानमन्त्री बन्दै गरेका कांंग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई सुरुदेखि नै मन्त्री चयनमा सकस परेको छ । चार पक्षीय गठबन्धन र आन्तरिक समीकरणसमेत मिलाउनुपर्ने देउवालाई सुरुबाटै मन्त्री चयनका लागि दबाब परेको हो । देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश दिए लगत्तै मन्त्रीका लागि उनीमाथि पार्टीभित्रको आफ्नै पक्ष र अर्को पक्षबाट पनि मन्त्रीका लागि दबाब परेको हो ।  देउवालाई आफ्नै टिमबाट कसलाई मन्त्री बनाउने दबाब दबाब सुरुबाटै छ । यस अघिका सरकारमा जम्बो मन्त्रिमण्डल बनाएका देउवालाई यसटक त्यो छुट छैन । बरु गठबन्धनलाई खुशी पारेर मन्त्री बनाउनुपर्नेछ । त्यसैले पहिलोपटक उनले जम्मा तीन जनामात्रै मन्त्री बनाउने तयारी गरेका छन् ।  कांग्रेसमा आफ्नो टिमबाट एक जना, माओवादीबाट एकजना र जसपाबाट एकजना मन्त्री बनाउने तयारी उनको छ ।  तर, आफ्नै टिमबाट ज्ञानेन्द्रबहादुर कार्की की बालकृष्ण खाँण भन्नेमा टुंगो लागिनसकेको कांग्रेस स्रोत बताउँछ ।  ‘हामी मंगलबार बिहान सभापतिलाई बधाई दिन बुढानिलकण्ठ पुगेका थियौं । उहाँले पहिलोपटक तीनजना मात्रै मन्त्री बनाउने गरी गठबन्धनमा छलफल गरेको छु भन्नुभएको छ’ देउवासँग भेट गरी फर्किएका ती नेताले भने, ‘आफ्नो टिमबाट कार्की कि खाँण कसलाई मन्त्री बनाउने भन्ने टुंगो उहाँले दिउसोमात्रै लगाउने बताउनुभएको छ ।’  यता पौडेल पक्षले पनि सुरुबाटै देउवामाथि मन्त्रीका लागि दबाब बढाएको छ । पौडेल पक्षबाट नेता प्रकाशमान सिंह पनि सरकारमा जान इच्छुक रहेकाे चर्चा छ । पौडेल पक्षले सम्मानजनक सहभागिता हुनुर्ने भन्दै चार मन्त्रालय मागेको छ । तर, देउवाले बढीमा तीनजनासम्म मन्त्री बनाउन सकिने बताएका थिए ।  पौडेल पक्षबाट डा. मिनेन्द्र रिजाल, संजय गौतम, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरीसहितका नेता मन्त्रीका लागि दाबेदार देखिएको ती नेताले बताए ।  सम्बन्धित समाचार स्वास्थ्यमन्त्री बन्लान् गगन थापा ?  तर, एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने देउवाले सुरुमै ठूलो आकारको नभई छरितो मन्त्रिमण्डल बनाउने बताएका छन् ।  महामन्त्री डा. शशांक कोइरालासहितका नेताहरु देउवालाई बधाई दिएर बुढानिलकण्ठबाट फर्किएका थिए ।  सरकारमा आफहरुको सम्मानजनक सहभागिता हुनुपर्ने भन्दै पौडेल पक्षले दिउसो बस्ने गरी आफ्नो पक्षको बैठक बोलाएको छ । बैठक दिउसो नेता प्रकाशमान सिंह ठमेलस्थित चाक्सीबारीमा बस्ने जनाइएको छ ।  यता माओवादीबाटि भने पम्फा भुसाल, जनार्दन शर्मा र वर्षमान पुनमध्ये एकजनााई मन्त्री बनाउने तयारी छ ।  देउवाले सकेसम्म माधव नेपाल पक्षलाई मनाएर विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत पाए पनि अबको ६ महिना भित्रै चुनाव घोषणा गरेर जाने गरी देउवाले एमालेसँग संवाद अघि बढाउन खोजेको कांग्रेस स्रोतको भनाई छ ।