NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

जापानले नेपालसहितका देशलाई एक अर्ब १० लाख डोज खोप अनुदानमा दिने

काठमाडौं । नेपालले नेपालसहित कोरोनाबाट प्रभावित मुलुकलाई कोरोना भाइरसविरुद्धको अक्सफोर्डको भ्याक्सिन एस्ट्राजेनेकका अनुदानमा उपलब्ध गराउने भएको छ ।  मंगलबार  जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका छन् । उनले दिएको जानकारीअनुसार बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ । जापानले दिएको खोपबाट नेपालले कति डोज पाउँछ भन्ने टुंगो छैन । समाचार संस्था रोयटर्सका अनुसार विदेश मन्त्री मोतेगी यही साता खोप पठाउने बताएका छन् । उनले इन्डोनेसिया, ताइवान  र भियतनामलाई १०÷१० लाख डोज खोप दिइने बताएका छन् ।