NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

४१ महिना प्रधानमन्त्री भएपछि स्कर्टिङसहित बालुवाटारबाट केपी ओली बालकोटमा

काठमाडौं । दुई तिहाई र बहुमत गुमेपछि संसद् विघटन गरेका प्रधानमन्त्री केपी ओली अन्ततः पदमुक्त भएका छन् । २८ असारमा सर्वोच्च अदालतले संसद् विघटनको राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै बदर गरिदिएएको थियो । सँगै बहुमतसहित सरकारमा दाबी गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश दिएको थियो । अदालतले दोस्रोपटक पनि संसद विघटनलाई बदर र बहुमत पुगेका देउवा प्रधानमन्त्री भएपछि केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।  ४१ महिनामा प्रधानमन्त्रीबाट पदमुक्त भएका उनै ओली अन्ततः बालुवाटारबाट बालकोट सरेका छन् । मंगलबार मात्रै ब्युत्याइएको युथफोर्सका सयौं कार्यकर्ताले स्कर्टिङ गरेर बालुवाटारदेखि भक्तपुरको बालकोट पुर्याएका हुन् । नेता महेश बस्नेतले हजारौं गाडी र बाइकले स्कर्टिङ गरी ओलीलाई बालकोट पुर्याउने अघिल्लो दिन नै घोषणा गरेका थिए ।  मंगलबार साँझ प्रधानमन्त्रीमा शेरबहादुर देउवाले सपथ लिएर कार्यभार सम्हालेको भोलिपल्टै ओलीले बालुवटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निजी निवास सरेका हुन् ।  सरकारमा मन्त्री भएपछि ओलीको निजी निवासमा तत्कालीन संचारमन्त्री गोकुल बास्कोटा बसेका थिए । तर पछि ७० करोडको अडियो रेकर्डको प्रसंग आएपछि राजीनामा दिंदै बास्कोटाले बालकोटाको ओली निवास पनि छोडेका थिए ।