NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

ओली निवासबाट फर्किएका युवा संघका कार्यकर्ताले जलाए नेपालको पुत्ला

काठमाडौं । सर्वोच्चको फैसलापछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध झन् चिढिएको छ । पार्टी विभाजनबाट रोक्न अन्तिमसम्म प्रयास गरिए पनि माधव नेपालले विपक्षी गठबन्धनलाई नै साथ दिए । जसकारण ओली सत्ताबाट बाहिरिन बाध्य भए । आज निजी निवास बालकोट पुगेका ओलीले अब माधव नेपाललाई कुनै हालतमा एमालेमा स्वागत गर्न नसक्ने बताएका छन् । यससँगै ओली पक्ष युवा संघका कार्यकर्ता नेपालविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।  युवा संघका नेता कार्यकर्ताले कोटेश्वरमा नेपालको पुत्ला जनाएका छन् । ओलीसँगै बालकोट पुगेका कार्यकर्ताहरु फर्किने क्रममा कोटेश्वरमा नेपालविरुद्ध नाराबाजीमा उत्रिएका हुन् । उनीहरुले कोटेश्वर चोकमा पुगेर कोणसभा गरी नेपालविरुद्ध नाराबाजी गरिरहेका छन् ।  एमालेलाई सत्ताबाट हटाउन मुख्य भूमिका खेलेको भन्दै युवा संघका कार्यकर्ताहरुले नेपालको पुत्ला जलाएका हुन् । यता युवा संघका इन्चार्ज महेश बस्नेतले भने आफूले त्यसो नगर्न अनुरोध गरेको बताएका छन् ।  केही कार्यकर्ताहरु नेपालविरुद्ध उत्रिएको भर्खरै जानकारी पाएको भन्दै नेता बस्नेतले उनीहरुलाई त्यसो नगर्न निर्देशन दिएको बताए ।