NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मध्यावधि निर्वाचनको कार्यतालिका रद्द

काठमाडौं । निर्वाचन आयोगले ओली सरकारको निर्देशनमा तोकिएको मध्यावधि निर्वाचनको तालिका रद्द गरेको छ ।  प्रतिनिधिसभातर्फका दुई चरणका लागि हुने भनिएको चुनावको कार्यतालिका संसद् पुनःस्थापना भएसँगै आयोगले रद्द गरेको हो ।  सर्वोच्चको आदेशअनुसार निर्वाचन कार्यतालिका रद्द गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन् ।  त्यसका लागि आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।