NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

प्रधानमन्त्री देउवा नेपाललाई भेट्न कोटेश्वरमा 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।  प्रधानमन्त्री भएको भोलिपल्टै नेता नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपाल निवास कोटेश्वर पुगेका हुन् ।  एमालेबाट नेता माधव नेपालले २३ सांसदको हस्ताक्षर उपलब्ध गराएपछि देउवाको प्रधानमन्त्री बन्ने ग्यारेन्टी भएको थियो ।  अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेकै दिन नेता नेपालले विपक्षी गठबन्धनमा आफू नबस्ने बताएका थिए । एमालेमा पार्टी एकताको प्रक्रिया अघि बढेको भन्दै आफू पार्टीमा सक्रिय हुने जानकारी नेपालले गठबन्धनलाई गराएका थिए । तर, सरकार बनेपछि सबैलाई मिलाएर अघि बढ्न देउवालाई सुझाएका थिए । तर, देउवाले प्रधानमन्त्रीमा सपथ लिएको दिन नेता नेपालले शीतलनिवासमा उपस्थित भएरै बधाई दिएका थिए ।  प्रधानमन्त्रीबाट मुक्त भएपछि केपी ओली बुधबारमात्रै बालुवाटारबाट भक्तपुरको बालकोटस्थित निवासमा सरेका थिए ।  कायृकर्तालाई घरको बार्दलीबाट सम्बोधन गर्दै नेता नेपाल विपक्षीसँग मिलेकोले आफ्नो सत्ता ढलेको भन्दै आपत्ति जनाएका थिए ।  अन्य नेता कार्यकर्ताले कमजोरी स्वीकारेर एमालेमा आउने ठाउँ राखे पनि नेपाललाई कमजोरी फिर्ता गरेर आउने बाटो नभएको उनको भनाई थियो ।