NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विजय गच्छदार १० लाख धरौटीमा रिहा

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उप–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो ।  यसअघि फरारको सूचीमा रहेका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्ट अर्थात आफैं अदालतमा उपस्थित भएका थिए ।  गच्छदारलाई बालुवाटार जग्गा प्रकरणमा दोषी पाइएको भन्दै अख्तियारले ९ करोढ ६५ लाख रुपैयाँ बिगो दावी गरिएको थियो । तर, विशेष अदालतले १० लाख धरौटी माग गरी रिहा गर्ने आदेश दिएको हो ।  याे पनि पढ्नुस्  कांग्रेस उप–सभापति गच्छदारको सबै सम्पत्ति रोक्का