NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

खुमलटारमा प्रचण्ड–विप्लव भेटघाट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पपकमल दाहाल (प्रचण्ड)लाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले भेट गरेका छन् ।  खुमलटारस्थित प्रचण्डको निजी निवासमै विप्लव भेट्न पुगेका हुन् । सरकार परिवर्तन भएलगत्तै उनले प्रचण्डसँग भेट गरेका छन् ।  त्यसअघि शान्तिपूर्ण राजनीतिमा आए पनि यी दुई नेताबीच भेट भएको थिएन । विप्लव समूहले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेका थियो ।  तर, सो सम्झौता बमोजिम आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा नभएको गुनासो विप्लव समूहले गर्दै आएको छ ।