NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

हतियार बोकेर राज्यसँग विद्रोह गर्ने विद्रोहीको लोकसेवा अनुभव: भूकम्प आउँदा नि पढिरहेँ

‘लौ बधाइ छ, नायब सुब्बामा नाम निस्कियो है’, काठमाडौंबाट त्यही साथीले फोन गरेको थियो, जोसँग मैले लोकसेवाको परीक्षा दिएको थिएँ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा पर्छ मेरो घर । मध्यान्हको समय, तराइको चर्को घाम । बाहिर जाने जाँगर थिएन । समय कटाउन मोबाइल चलाइरहेको थिएँ । त्यसैबेला साथीको फोन आएको थियो । उसले एक सय आठ जनामा मेरो नाम ४८ नम्बरमा निस्किएकोे जानकारी गराएको थियो।

भित्रभित्रै मख्ख परेँ तर, अचाक्ली खुसी पनि थिइनँ । मृत्युको मुखमा पुग्दा–पुग्दै बालबाल बाँचेको अनुभवले मलाई कुनै पनि कुरामा विछट्टै खुशी लाग्न छोडिसकेको थियो । यद्यपि आफूले गरेको तयारीमा भने शतप्रतिशत विश्वास थियो। जस्तो तयारी गर्‍यो प्रतिफल त्यही अनुसारको पाइन्छ, मेकअप जस्तो गर्‍यो त्यस्तै देखिन्छ।

यस्तै भोगाइले मभित्र विद्रोहको राप सल्कियो । तर, त्यसबेला सहनुको विकल्प थिएन। त्यस्तै परिवेशमा बसेर ओभरसेयरको अध्ययन सकेँ। पछि जनकपुरमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी इन्जिनियरिङ कलेज खुल्यो। धरानमा स्थानीयको ज्यादतीले दिक्क बनाएको थियो । देश एउटै भएपनि मेरो लागि मधेसबाहेकका ठाउँ विरानोजस्तै थिए।

लोकसेवाको तयारी पनि मेरो लागि एक किसिमको मेकअप जस्तै थियो। त्यसमा मैले आफ्नो क्षमतालाई राम्रोसँग टल्काएको थिएँ, चम्काएको थिएँ।

साथीले फोन गरेको केही समयपछि परिवारलाई सुनाएँ। आमाबाबु खुसी नहुने कुरै थिएन। उमेरले साढे तीन दशक काटिसकेको एक्लो छोराको न बिहे भएको थियो न कुनै जागिर थियो।

इन्जिनियरिङको पढाइ बीचमै छोडेर राजनीतिमा होमिएको छोराले ढिलै सही, लोकसेवामा नाम निकालेपछि कुन आमाबाबु खुसी नहोलान् ?

त्यसो त मेरो पढाइ सानैैदेखि अब्बल थियो । एकदेखि १० सम्म कक्षासम्मै प्रथम भएँ । परिवार नै सम्पन्न र शिक्षित थियो। आमा शान्तिदेवी झाले मेट्रिक पास गर्नुभएको थियो भने बुबा अमरनाथ झा श्री पब्लिक माध्यमिक विद्यालयमा हेडसर हुनुहुन्थ्यो ।

बुबा चाहनुहुन्थ्यो– छोरा इन्जिनियर बनोस्।

एसएलसी सकिएपछि उच्च शिक्षाका लागि धरान गएँ। त्यतिबेला गाउँमा सरकारी कलेजमात्रै थिए । धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाट ओभरसियर पास गरेँ।

फरक संस्कृतिका कारण धरानमा रहन निकै मुश्किल भयो। त्यतिबेला १६ वर्षमात्रै थिएँ। तीन वर्ष त्यहाँ बस्दा स्थानीयबाट निकै पटक दुव्र्यवहार सहनुपर्यो । स्थानीयहरू कलेजमै आएर बाहिरका विद्यार्थीलाई कुटपिट गर्थे । मधेसी अनुहार देख्नेबित्तिकै त्यहाँका मान्छेले सामान खोस्दिने, पिट्ने र तरबार देखाउने गर्थे।

यस्तै भोगाइले मभित्र विद्रोहको राप सल्कियो । तर, त्यसबेला सहनुको विकल्प थिएन। त्यस्तै परिवेशमा बसेर ओभरसेयरको अध्ययन सकेँ।

त्यहाँ केही समय रहेपछि ममा मधेस राजनीतिप्रति नै वितृष्णा पैदा हुन थाल्यो । मधेसवादी नेतृृत्वको पाराले केही परिवर्तन हुन नसक्ने महसुस हुन थाल्यो । आफूमा भएको क्षमता पनि सकिँदै जाने हो कि भन्ने पो लाग्न थाल्यो।

पछि जनकपुरमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी इन्जिनियरिङ कलेज खुल्यो। धरानमा स्थानीयको ज्यादतीले दिक्क बनाएको थियो । देश एउटै भएपनि मेरो लागि मधेसबाहेकका ठाउँ विरानोजस्तै थिए।

उमेरले त साढे ३२ वर्ष भइसकेको थिएँ । पुरुषका लागि उमेर हद ३५ वर्ष थियो । सर्टिफिकेटको नाममा ओभरसियरको मात्रै प्रमाणपत्र थियो । त्यो पनि ‘इन्टर लेभल’ को । स्नातकमा त टन्नै ‘ब्याक’ लागेको थियो ।

मेरो अस्तित्व अपनाउने कोही आफन्त थिएनन्। जनकपुरमै निजी कलेज खुल्ने भएपछि आफ्नै ठाउँमा गएर पढ्ने हुटहुटी जाग्यो। त्यहाँ कम्प्युटर इन्जिनियरिङ पढ्न थालेँ । तर, व्यवस्थापनले एक वर्ष भन्दा बढी समय कलेज चलाउनै सकेन।

कलेज सुधारका लागि हामीले पटक–पटक प्रशासनलाई दबाब दियौं। केही नलागेपछि उनीहरूको टोली त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यदललाई भेट्न काठमाडौं आएँ।

कलेज खोल्न सम्बन्धन दिए पनि व्यवस्थापनले चलाउन नसक्दा बीचमै पढाइ छोड्नुपर्ने अवस्था आइपरेको थियो। त्यसपछि काठमाडौंमा यस्तै कलेजले आफ्नो व्यवस्थापन गर्नुपर्‍यो भनेर हामी २० जना विद्यार्थी डिन कार्यालय पुग्यौं।

डिनको कार्यालयले त्यो कुरा नमानेपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आन्दोलन गर्यौं । जसले नेतृत्व गर्नुपर्ने जिम्मेवारी आइपर्यो । क्याम्पसको परीक्षा नै रोेकिदिपछि बल्ल कीर्तिपुरमा वार्ता भयो । परीक्षा सञ्चालन गर्न दिने र एक महिनाभित्र काठमाडौंकै कलेजमा व्यवस्थापन हुने सर्तमा सम्झौता भयो ।

तर, एक महिनाभित्र पनि सम्झौता कार्यान्वयन भएन । हामीले त्रिभुवन विश्वविद्यालयमै तालाबन्दी गर्यौं । छ दिनपछि फेरि सहमति भयो । र, आफूलाई इच्छा लागेको कलेजमा पढ्न पाउनेगरि विद्यार्थीको व्यवस्थापन भयो । त्यसपछि म कान्तिपुर इन्जिनियरिङ कलेजमा पढ्न थालेँ ।

चार वर्षको अध्ययन सकिएको थियो । तर, नतिजा भने आइसकेको थिएन । राजनीतिमा स्वाभाविक रूपमा चासो थियो। सामूहिक कार्यमा अग्रसरता जनाउने, विद्रोह गर्ने र आन्दोलनको अगुवाइ गर्नु मेरो स्वभाव बनिसकेको थियो।

गाउँकै मान्छेले जनतान्त्रिक तराइ मुक्ति मोर्चामा संलग्न थिए, जसले तराइमा सशस्त्र आन्दोलन चलाइरहेको थियो। पढाइ सकेर फुर्सदिलो थिएँ, म पनि त्यतै जोडिएँ।

०६३ सालमा म भूमिगत भएँ । त्यसको एक वर्ष पछि संविधानसभाको चुनाव घोषणा भयो । तर हामीसँग भने सरकारले वार्ताको प्रयास गर्दा पनि सफल भएको थिएन । आफ्ना सर्त पूरा नभएपछि हामीले चुनाव बहिस्कार गर्ने रणनीति अख्तियार गर्यौं । ०६५ मा प्रचण्ड नेतृत्वको सरकार बनेपछि वार्ताको पहल अघि बढ्यो।

मैले वार्ता टोलीको नेतृत्व गरेँ । पुस २६ मा सरकारसँग छ बुँदे सहमति भयो । त्यसको केही समयपछि जेपी गुप्ता नेतृत्वको गणतान्त्रिक फोरमसँग  पार्टी एकीकरण गरियो । ०६८ सालमा म पार्टी प्रवक्ता बनेँ।

त्यसपछि फेरि जेपी गुप्ता सञ्चारमन्त्री हुँदै जेल परेपछि पार्टी विभाजन भयो । म भने जेपी गुप्ताकै टोलीमा रहेँ । गुप्ता जेलबाट निस्किएपछि तराइ–मधेश राष्ट्रिय अभियान नाम गरेको संगठन बनाइयो । लगत्तै मेची महाकाली अभियानको यात्रामा लाग्यौं । यात्रा सकेर आएपछि उक्त संगठनलाई पार्टीको रुपमा अघि नबढाउने निर्णय भयो । त्यसपछि म भने विजय गच्छादारको पार्टी लोकतान्त्रिक फोरममा आबद्ध भएँ ।

त्यहाँ केही समय रहेपछि ममा मधेस राजनीतिप्रति नै वितृष्णा पैदा हुन थाल्यो। मधेसवादी नेतृत्वको पाराले केही परिवर्तन हुन नसक्ने महसुस हुन थाल्यो । आफूमा भएको क्षमता पनि सकिँदै जाने हो कि भन्ने पो लाग्न थाल्यो।

३२ वर्ष काटिसकेको थिएँ । इन्जिनियर बन्ने सपना कतै थन्किरहेको थियो । घरजम गर्नै बाँकी थियो । छोरा राजनीतिमा लागेकोमा बाबुआमा पनि उति खुसी थिएनन्।

यो परिवेशले मलाई निकै दोधारमा पारिदियो । आफैं नयाँ संगठन बनाएर राजनीतिमा अघि बढौं कि झैं नलागेको होइन । तर त्यो पनि त पुरानै बाटोमा फर्किनु न हो भन्ने लाग्यो । अब जीवन कसरी अघि बढाउने भन्ने चिन्तनले दिमागमा घर गर्न थाल्यो । त्यस्तै बेला मेरो दिमागमा निजामती प्रशासनको उज्यालो पस्यो।

समूहमै काम गर्न पाइने, आफूले संगठन बनाउन पनि नपर्ने बरू बनिरहेकै संगठनमा आफूले बल थप्न सकिने कुरा सोचेपछि ममा उर्जा भरियो । आखिर निजामती प्रशासनमा पनि त राजनीतिजस्तै फ्रन्टलाइनमा बसेर काम गर्न सकिन्छ भन्ने लाग्यो । तर, कसरी ? यो सोचेर आत्तेस लाग्यो।

उमेरले त साढे ३२ वर्ष भइसकेको थिएँ । पुरुषका लागि उमेर हद ३५ वर्ष थियो । सर्टिफिकेटको नाममा ओभरसियरको मात्रै प्रमाणपत्र थियो । त्यो पनि ‘इन्टर लेभल’ को । स्नातकमा त टन्नै ‘ब्याक’ लागेको थियो ।

भूमिगत भइहालेको हुँदा पढाइ पूरा हुन पाएको थिएन । आधा उमेर कटेपछि बल्ल पढाइलाई निरन्तरता दिनुपर्छ भन्ने लाग्यो । मौका परीक्षाको अवसर त बाँकी थियो । तर, म दुविधामा फसेँ– लोकसेवाको तयारी गर्नु कि स्नातकको पढाइलाई निरन्तरता दिनु !

त्यतिबेलै इन्जिनियरिङ अध्ययन संस्थानले मौका परीक्षाको सूचना निकाल्यो । इन्जिनियरिङमा २० वटा विषयको त परीक्षा नै दिन बाँकी थियो ।  सामान्यतः इन्जिनियरिङमा ५२/५४ वटा विषय हुन्छन् । मेरो त आधाजसो नै बाँकी थियो । तर मौका परीक्षामा त सबै विषय कटाउनुपथ्र्यो । त्यसो गर्नु फलामको चिउरा चपाउनुसरह थियो ।

सम्भव होलाजस्तो नलागे पनि प्रयास गर्नबाट भने उम्कन चाहिनँ। एक मनले सोचेँ, ‘कटाएँ भने त आइओइको इतिहासमा नजीर नै साबित हुन्छ नि ।’ त्यसैले प्रयास गर्ने निर्णय गरेँ।

०६७ सालमा त्रिचन्द्र क्याम्पसमा पनि समाजशास्त्रमा स्नातक तह भर्ना पनि गरेको थिएँ । त्यहाँ पनि पहिलो वर्षको परीक्षा सकेर राजनीतिक गतिविधिले गर्दा परीक्षा दिन सकेको थिइनँ।

सोही वर्ष ०७१ सालमा इन्जिनियरिङको परीक्षामा सहभागी भएँ। परीक्षा दिएपछि सुब्बाको तयारीमा लागेँ । साढे दुई महिनाको कोचिङ कक्षा लिएँ।

तयारीको तीन महिनासम्म म कसैसँग बोलिनँ। धापाखेलमा सानो कोठा लिएर बसेको थिएँ । कोठाकै सामुन्ने मधेसी मूलका विद्यार्थी बस्थे । तर कसैसँग बोलिनँ । ती युवकलाई झा आफ्नै समुदायका हुन् भन्नेमा शंका लाग्न थालिसकेको थियो ।

त्यही परीक्षाको लागि कतिले दुई–तीन वर्षदेखि तयारी गरिरहेका हुन्छन्। तर, मसँग जम्मा पाँच महिनाको समय थियो। मेरो उमेरको कारण पनि दोस्रो पटक प्रयास गर्छु भन्ने छुट थिएन। त्यसैले दृढ संकल्प थियो । कसैसँग बोल्दामात्रै पनि समय नाश हुन्छ भन्ने लाग्थ्यो। उनीहरूले आफ्नो परिचय थाहा पाएपछि कुराकानी लम्बिन सक्ने चिन्ता उत्तिकै थियो।
त्यतिबेला मेरो सुत्ने ओच्छ्यान वरपर किताब, कापी र कागज छरिएका हुन्थे । त्यतिबेला म रातको ३ बजेसम्म पढ्थेँ। बिहान ७ बजेबाट फेरि पढ्न सुुरु भइसक्थ्यो। निद्रा पनि शरीरलाई चाहिन्छ भनेर मात्रै सुत्थेँ । पाँच महिना नसुते केही बिग्रिन्नँ भन्दै आफैंलाई सम्झाउथेँ ।

साढे दुई महिनाको कोचिङ सकिएपछि बल्ल पल्लो कोठाका साथीहरूसँग परिचय गर्न थालेँ । त्यो पनि लोकसेवाकै स्वार्थका कारण । त्यतिबेला मलार्ई आफूले पढेको प्रश्न सोधिदिने कोही साथी चाहिएको थियो। त्यसैले  उनीहरूसँग चिनजान अघि बढाएँ ।

तयारी बेजोडले चलिरहेकोे थियो । परीक्षा केही महिनामात्रै पर थियो । तर, भूकम्प आयो । ०७२ सालको भूकम्पका कारण परीक्षा एक महिना पर धकेलियो । अधिकांंश त काठमाडौं छोडेर आफ्नो घर फर्किए । असुरक्षित महसुस हुँदाहुँदै पनि म घर फर्किनँ । मलाई जसरी पनि परीक्षा दिएरै फर्किनु थियो । भूकम्पपछि कति समय त धेरैले आफ्नो घर टेक्ने हिम्मत गरेनन्। अधिकांशको बास पालमुनि या खुल्ला चौरमा हुन्थ्यो । म पनि एकदिन घरवेटीसँगै नजिकै राखिएको पालमा रात बिताउन गएँ। तर, घरभेटीका छिमेकीले कोठामा बस्ने मान्छेलाई ल्याएको भन्दै गनगन गर्न थालेपछि दोस्रो दिनदेखि जानै छोडेँ ।

आफ्नै कोठा बाहिर रहेको भुइँतल्लाको बार्दलीमै बस्न थालेँ । म त्यहीँ बसेर रातभरि पढ्थेँ। बेलाबेलामा परकम्पन आउँदा फुत्त बाहिर निस्किन्थेँ । २९ गतेको भुइँचालो पनि मैले त्यसरी नै कटाएँ।

यही मिहिनेतको फलस्वरूप मेरो नायब सुब्बा (नासु)मा नाम निस्किएको थियो । नतिजा आइसकेपछि पनि लामो प्रक्रिया पूरा गर्नुपर्ने थियो । त्यही समयमा मैले समाजशास्त्रको पनि दोस्रो र तेस्रो वर्षको परीक्षा दिएँ । किनभने मैले जसरी पनि अधिकृतमा लड्ने मनस्थिति बनाइसकेको थिएँ ।

नासुमा नाम निस्किएपछि संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको जनशक्ति शाखामा रहेर १० महिना काम गरेँ । त्यहाँ रहँदा नै शाखा अधिकृतमा नाम निकालेँ । त्यसपछि सुर्र्खेतको मालपोत कार्यालय, सप्तरीको स्थानीय तह हुँदै अहिले लोकसेवा आयोगको कार्यालय, पोखरामा कार्यरत छु ।

मैले इन्जिनियरिङमा एकै पटकमा दिएको २० वटा परीक्षामा १३ वटा पास गरेँ । त्यसको दुई वर्षपछि भएको मौैका परीक्षामा ६ वटा र ०७६ सालको मौैका परीक्षामा एउटा गरी सबै विषय कटाएँ । अहिले इन्जिनियरिङ पास भएर काउन्सिलमा दर्ता भइसकेँ ।

लोकसेवा पढ्नेहरूलाई मेरो एउटै सुझाव छ– जीवनमा अर्को कुनै विकल्प छ भन्ने सोचलाई त्यागेर तयारी गनुपर्र्छ । लोकसेवाको तयारी गर्दै गर्दा यो भएन भने अरु कुनै काम गर्छु भनेर विकल्प राख्नुहुन्छ भने तपाईंको शक्ति त्यतिबेला नै ह्रास भइसकेको हुन्छ । त्यसकारण जिन्दगीमा अर्को विकल्प छ भन्नेतिर सोच्दै नसोच्नुस्।

दत्तचित्त भएर यो एक सिट मेरै लागि हो भन्ने प्रतिबद्धताका साथ लागियो भने सम्भव छ । तपाईंले कति वर्षदेखि के पढ्नुभएको छ र के छैन भन्नेसँग मतलब हुँदैन । तपाईंले जुन दिनदेखि तयारी गर्नुहुन्छ, त्यही दिनदेखि तपाईंले के गर्नुहुन्छ भन्नेमात्रै महत्वपूर्ण हो ।

मैले हिजो यही ‘सिस्टम’विरुद्ध हतियार उठाएँ । २५ वर्षको उमेरमा सरकारसँग वार्ता गरेर आफ्नो हतियार नष्ट गरेँ । आज म राज्यले गर्ने भित्री कामको नजिक छु । मसँगै राजनीतिमा लागेका कतिपय कार्यकर्ता अहिलेसम्म पनि जेलमै छन् ।

हिजो म देश टुक्राएर भएपनि आफ्नो अधिकार लिनुपर्छ भनेर हिँडेको थिएँ । तर राजनीतिसँगै मेरो विचार परिवर्तन भइसकेको छ । आज म एकीकृत नेपालमा यही पद्धतिबाटै देशलाई समावेशी बनाउन सकिन्छ भन्ने बुझाइमा छु । यद्यपि मेरो यो निर्णय आत्मसमर्पण होइन, हिजो जसरी मैले समाज परिवर्तनको माध्यम राजनीति देखेको थिएँ । अहिले देश परिवर्तनको जरा लोकसेवामा देखिरहेको छु ।

मैले जबदेखि लोकसेवाको प्रारम्भिक परीक्षाको तयारी सुरु गरें, मलाई लोकसेवाबाहेक केहीको पनि विश्वास थिएन। अहिले त झन् मेरो विश्वास लोकसेवामा मात्रै छ ।

(जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग गोप्य र निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ। इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ। उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । त्यसका लागि सफल भएकाहरूको अनुभवले निकै मद्दत पुर्‍याउँछ। यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले ‘लोकसेवा अनुभव’ स्तम्भ सुरु गरेको छ । यसको पहिलो श्रृङ्खलामा प्रस्तुत छ– राजीव झाको अनुभव । यो सामग्री नेपालवाचकर्मी कञ्चन न्यौपानेले झासँग गरेको कुराकानीमा आधारित छ । –सम्पादक)