NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेपालले गर्‍यो युएईमा भएको आतङ्कवादी आक्रमणको निन्दा

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ ।  परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै हमलाको निन्दा गरेको हो । मन्त्रालयले मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।  व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थलनजिक सोमबार आतङ्कवादी आक्रमण भएको थियो ।  इन्धन ट्रकमा भएको आक्रमणबाट हुँदा तीन जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।