NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेप्से ६९ अंकले बढ्यो, ९ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । माघ महिनाको पहिलो दिन आज आइतबार नेप्से उच्च अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको छ । नेप्से भने २.४१ प्रतिशतले बढेको छ ।  सेन्सेटिभ परिसूचक पनि ११.८१ अंकले बढेर ५४२.६३ विन्दुमा पुगेको छ ।

आज एक करोड ८२ लाख ५४ हजार ४ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आइतबार अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३२ करोड ४६ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ५० रूपैयाँ पुगेको छ ।