NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सत्ता गठबन्धनमा अविश्वास : भोली बैठक, आज आन्तरिक तयारी 

काठमाडौँ । सत्तारुढ दलहरुवीच आन्तरिक अविस्वास बढेको छ । अविश्वास बढेका विषयमा छलफल गरी हल गर्न भोली सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ ।  विशेषगरी निर्वाचन र एमसीसीको विषयलाई लिएर गठबन्धनमा अविस्वासको वातावरण बनेको स्रोतको दावी छ । माओवादी केन्द्रका एक नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा संसदबाट एमसीसी पास गर्न नदिए एमालेसँग सहकार्य गर्नुपर्ने बाध्यता हुने संकेत दिएपछि अविस्वास बढेको हो ।  यसअघि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर यसबारे छलफल गरेका थिए । उनीहरुवीच एमसीसी पास गर्ने र पहिला संघीय निर्वाचन गराउनेबारे छलफल भएको थियो ।  एमसीसीलाई संसदबाट पास गर्ने र पहिला संघीय निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्नेमा एमाले र कांग्रेसको साझा मत रहँदै आएको छ । दुवै दलले स्थानीय तहलाई चुनावी परिणामको हतियार बनाउन चाहेका छन् ।  तर सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले भने स्थानीय तहको निर्वाचन सकेर मात्र संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने पक्षमा छन् ।  पहिला संघीय निर्वाचन गराउन सक्दा आफुहरुलाई सबैभन्दा बढी अनुकुल हुने एमालेको बुझाई छ । अहिलेपनि स्थानीय तहहरुमा एमालेका वर्चश्व छ । संघीय निर्वाचन पहिला गर्न सक्दा स्थानीय सरकारको सहायतामा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सकिने विश्लेषण एमालेको छ ।  कांग्रेसले भने संघ, प्रदेश र अन्तिममा स्थानीय तहको निर्वाचन गराउन सक्दा पार्टीभित्रको आन्तरिक अन्तरघात कम गरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सक्ने विश्लेषणा गरेको छ । अन्तिममा स्थानीय तहको निर्वाचन गराउँदा स्थानीय तहको टिकेटको आकांक्षाले पनि नेताहरु अन्तरघातमा नलाग्ने र परिणाम आफ्नो पक्षमा आउने कांग्रेसको बुझाई छ ।  निर्वाचनका सन्दर्भमा कांग्रेस र एमालेबीचको साझा बुझाई बढेपछि सत्तारुढ दल झस्किएका हुन् । यस्तै अहिलेका गठबन्धनवीच चुनावी तालमेलबारे पनि कांग्रेसभित्र युवा पुस्ताले फरक मत राख्दै आएका छन् । बिशेषगरी महामन्त्री गगन थापाले कांग्रेसले आगामी निर्वाचन एक्लै लड्ने अडान राख्दै आएका छन् ।  यिनै विषयमा बढेको अविस्वास हल गर्ने उदेश्यले भोली सत्तारुढ दलको बैठक बस्न लागेको माओवादी केन्द्रका सचिवालयले जनाएको छ ।