NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बझाङमा छाप र लेटरप्याड चोरेर क्याम्पस प्रमुख नियुक्त

गणेश विक(काठमाडौं – सुदूरपश्चिमस्थित हिमाली जिल्ला बझाङको सुनकुडा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्तिको विषय विवादित बनेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश अधिकारीले मनोमानी ढगंले क्याम्पस प्रमुख नियुक्त गरेपछि अहिले यो विषय विवादित बनेको हो ।  यसअघिका क्याम्पस प्रमुख इन्द्रबहादुर बिष्टको समयावधि सकिएको भन्दै अध्यक्ष अधिकारीले क्याम्पस प्रमुखमा चक्रबहादुर ढाँटलाई नियुक्त गरेपछि विवाद बढेको छ । इन्द्रबहादुरले विज्ञप्ति जारी गर्दै अध्यक्ष अधिकारीले क्याम्पस प्रमुखमा ढाँटलाई छलकपटबाट नियुक्त गरेको आरोप लगाएका छन् । गत पुष २५ गते सो क्याम्पसमा क्याम्पस सञ्चालक समितिको बैठक नै स्थगित भएको थियो । बैठक स्थगित भए पनि केही व्यक्तिहरुले बैठक सञ्चालन गर्न खोज्दा समेत ती व्यक्तिहरुलाई घर पठाइएको विज्ञप्ति मार्फत जनाइएको छ । तर बैठक नबसेको सोही रात अध्यक्ष अधिकारले क्याम्पसको छाप र लेटरप्याड नै चोरेर ढाँटलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको विज्ञप्तीमा जनाइएको छ ।  क्याम्पसका उप प्राध्यापक समेत रहेका ढाँटको ओरिजिनल सर्टिफिकेट नभएको र फोटोकपीले नै काम चलाइरहेको बारेमा पनि छानबिन गर्न बिष्टले माग गरेका छन् ।