विदेशबाट नेपाल आउँदा अब १० दिन होम क्वारेन्टिन बस्नुपर्ने, यस्तो छ नयाँ नियम
काठमाडौं । कोरोना महामारीको बढ्दो प्रकोपकाबीच विदेशबाट नेपाल आउनेका हकमा नयाँ ‘ट्राभल एडभाइजरी’ जारी भएको छ । नयाँ नियम अनुसार अब विदेशबाट नेपाल आउँद दश दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्नेछ । पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली नागरिक, कूटनीति वा अफिसियल पासपोर्ट बाहक, आवासिय भिषा प्राप्त विदेशी नागरिकका हकमा १० दिन होम क्वारेन्टिन बस्नुपर्ने नियम लागू भएको छ । पूर्ण खोप नलगाएका, लगाएकाहरुको पनि १४ दिन नपुगेकाहरुको हकमा नेपालको प्रवेश विन्दुमा अनिवार्य एन्टिजेन परिक्षण गरिनेछ । उनीहरूको कोरोना रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टिनमा बस्नेगरि पठाइने जनाइएको छ । त्यस्तै, कोरोना रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेसनमा पठाउने गरी ट्राभल एड्भाइजरी जारी गरिएको छ । नेपाल आउँदा हवाई यात्रा गर्दा ७२ घण्टाभित्रको पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने, अनिवार्य रूपमा कोरोनाबाट बच्ने मापदण्ड पालना गर्नु पर्ने छ । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगै परराष्ट्र मन्त्रालयले समेत विदेशबाट गरिने नेपाल यात्रामा केही कडाई गरिएपनि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू भैनसकेको जानकारी दिएका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार भन्दै केही समय अघि अध्यागमन विभागले ओमोक्रोनको भेरियन्ट फैलिएका ६७ देशबाट नेपाल आउनेहरुलाई ७ दिन अनिवार्य होटल क्वारेन्टिनको सूचना जारी गरेर २४ घण्टा नपुग्दै फिर्ता लिएको थियो । अर्को सूचना जारी नहुँदासम्मका लागि अनिवार्य क्वारेन्टिनको नियम स्थगन भनिएकोमा त्यसपछि अहिलेसम्म कुनै सूचना प्रकाशित भएको छैन । हङकङ, दक्षिण अफ्रिका, नामिविया लगायतका ९ देशमाथीको यात्रा प्रतिबन्ध भने यथावत राखिएको छ । नेपालमा कोरोना महामारीले तिब्रता पाइरहेपनि अहिलेसम्म विदेशबाट आउने यात्रुहरूमाथी प्रतिबन्ध भने लगाइएको छैन । यस्तो छ पछिल्लो ट्राभल एड्भाइजरी :
ताजा अपडेट
-
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचारः दुई सचिवसहित आठ जनालाई सफाइ, सुनिल पौडेल दोषी ठहर
-
स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु : स्वास्थ्य मन्त्रालय
-
विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह
-
अस्ट्रेलियामा पुरुष हिंसाको संकट
-
अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट
प्रतिक्रिया