NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकियो

काठमाडौं । अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको छ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको २८ औं मिनेटमा हाकिम जिएचले गोल गरेपछि पहिलो हाफमा पाहुना टोली चेल्सीले अग्रता लिएको थियो ।  तर, खेलको ६० औं मिनेटमा एडम वेब्स्टरले गोल गर्दै घरेलु टोली ब्राइटनलाई १–१ गोलको बराबरीमा ल्याए । रहेको चेल्सीले २३ खेलमा ४४ अंक जोडेको छ । यस बराबरीसँगै तेस्रो स्थानमा छ । ब्राइटन भने २९ अंक जोडेर नवौं स्थानमा रहेको छ । लिगको पहिलो स्थानमा साविक विजेता म्यानचेस्टर सिटी तथा दोस्रोमा लिभरपुल छन् ।