NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

एपिएफले पुलिसलाई दियो १५८ रनको मध्यम लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलको फाइनल खेल अहिले काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको छ । उपाधिका लागि नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब भिडिरहेका छन् ।  यसैबीच, पहिलो इनिङ्स सकिएको छ । एपिएफले पुलिसलाई १५८ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १९.५ ओभरमा १५७ रनमा अलआउट भएको छ । एपिएपफका अमरसिंह राउटेला २९ रन,  लोकेश बमले २७ रन जोडे ।  यस्तै, कप्तान शरद भेषावकर १९, भुवन कार्कीले १७, किशोर महतोले ८ र अभिनाश बोहराले १ रन बनाए । पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकाल समान ३, गुलशन झाले २ तथा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १–१ विकेट लिए । अहिले पुलिसले जवाफी व्याटिङ गरिहेको छ ।