NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

आठ महिनापछि फेरि कोरोना लागेपछि विश्वप्रकाशले गरे आत्मालोचना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई फेरि कोरोना भाइरस संक्रमण भएको छ । उनले आफूसहित सपरिवारलाई आठ महिनापछि फेरि कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाम आफूले भोगिरहेको भन्दै शर्माले आत्मलोचनासमेत गरेका छन् ।  ‘आठ महिनापछि फेरि सपरिवार संक्रमित भइयो । सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण भयो’, उनले फेसबुकमा लेखेका छन्’, यसप्रति आत्मालोचित छु ।’ कोरोना लक्षणले ग्रस्त भएपछि आफू ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा पिसिआर गरेको र परिवारका सबैको रिपोर्ट– पोजेटिभ आएको महामन्त्री शाृले जानकारी दिएका छन् । परिवारका सबैलाई भने पनि उनले क–कसलाई कोरोना संक्रमण भएको भन्ने चाहिँ खुलाएका छैनन् । शर्माले चिकित्सकको परामर्शमा आफूले ताकतदार औषधिसमेत प्रयोग गरिहेको जानकारी दिएका छन् । ‘आइसोलेसनमा छु । एक सातामा काममा फर्किन्छु’, उनले लेखेका छन्, ‘भेट र सम्पर्कअसुविधाप्रति सबैसँग विनम्रतापूर्वक क्षमा चाहन्छु !’  

ताजा अपडेट

नेपालवाच विशेष