NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

पुलिसलाई हराउँदै एपिएफले जित्यो प्रधानमन्त्री कपको उपाधि 

काठमाडौं । नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपिएफ च्यापियन बनेको हो । त्रिवि क्रिकेट मैदानमा एपिएफले दिएको १५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्  । यस्तै दीलिप नाथले २३, आरिफ शेखले १२, अनिल शाह १०, गुलशन झाले ५, राशिद खानले ४, अमित श्रेष्ठ ३ र योगेन्द्रसिंह कार्कीले १ रन बनाए । गुलशन र योगेन्द्र अविजित रहे ।   पुलिसलाई लक्ष्यमा पुग्न नदिन एपिएफका किशोर महतोले ३ तथा अविनाश बोहरा, दीपक बोहरा र अमर रौटेलाले १-१ विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १९.५ ओभरमा १५७ रनमा अलआउट भएको थियो ।  एपिएपफका अमरसिंह राउटेला २९ रन,  लोकेश बमले २७ रन जोडेका थिए ।  यस्तै, कप्तान शरद भेषावकर १९, भुवन कार्कीले १७, किशोर महतोले ८ र अभिनाश बोहराले १ रन बनाएका थिए । एपिएफले उपाधिसँगै पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । उप–विजेता बनेको पुलिसले तीन लाखमा चित्त बुझाएको छ । विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले पुरस्कृत वितरण गरे । यसअघि एकदिवसीय फर्म्याटमा हुँदै आएको पिएम कप यसपटक भने टि–ट्वान्टी फर्म्याटमा भएको हो ।  ओमानमा आयोजना हुने आइसिसी टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै टि–ट्वान्टी फर्म्याटमा प्रतियोगिता गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । प्रतियोगितामा १० टोलीले  सहभागिता जनाएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष