NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

 ९९ नेपाली कामदार आज इजरायल जाँदै 

काठमाडौं । श्रम सम्झौतापछि पहिलोपटक रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायलतर्फ इजरायल जाने भएका छन् ।  आज राती ११ बजे एयर अरवियाबाट ३६ पुरुष र ६३ महिला इजरायल उड्ने भएका हुन् ।  वैदशिक रोजगार विभागका उद्वार राहत समन्वय शाखा तथा इजरायल निर्देशक डम्बरबहादुर सुनुवारले नेपालवाचसँग भने  ‘पहिलो उडानमार्फत  ९९ जना कामदार आज इजरायल जानेछन् । जनवरीको २९ र फब्रुअरी १ तारिखका दिन दुई उडान हुनेछन् । तर  कोरोना संक्रमण बढेकाले संख्या यकिन हुन सकेको छैन ।’ नेपालबाट जाने कामदारहरूले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने सुनुवारले बताए । उनले हालसम्म इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा ९४३ जना कामदारसँग सम्झौता भएको जानकारी दिए ।  इजरायल जाने कामदारको करार अवधि पाँच वर्षको हुनेछ भने उनीहरूले हरेक वर्ष भिसा नवीकरण गर्नुपर्ने हुन्छ ।