NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चारवटा गाडी जलाइएको बुर्जु घटना : यस्तो छ भित्री कथा 

काठमाडौं । सुनसरीको बुर्जु गाउँपालिकामा मंगलबार बर्जु महोत्सवको अन्तिम दिन थियो । भोजपुरी कलाकार खेसारीलाल यादव आउने कार्यक्रम तय भएको थियो । आयोजकले स्थानीयसँग टिकट काटेर दर्शक बोलाएका थिए ।  बिहान ११  बजे कार्यक्रम तालिका रहे पनि कलाकार खेसारीलाल बिहान ७ बजे नै नेपाल भारत सीमानामा आइपुगेका थिए । तर प्रहरी प्रशासनले उक्त कार्यक्रमको अन्तिम दिन कोरोना महामारीको कारण देखाउँदै खेसारीलाललाई उक्त कार्यक्रममा आउन रोक लगाएको थियो । जिल्ला प्रशासन कार्यालय, सुनसरीले पनि बर्जु महोत्सव रोक्न पटक–पटक खोजेको तर आयोजकले नरोकेको बताइएको छ ।  सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफूहरुले पटक–पटक उक्त महोत्सव रोक्नका लागि आफूहरूले पहल गरे पनि आयोजकले नरोकेको बताएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफूहरूले पटक–पटक बुर्जु महोत्सव रोक्न पहल गरे पनि आयोजकले नरोकेकाले दुःखद घटना हुन पुगेको बताएका छन् ।   उनका अनुसार पुस २३ गते आयोजकले बर्जु महोत्सवका लागि अनुमति लिएको थियो । तर त्यसको दुई दिनपछि अथात् पुस २५ गते कोभिड संकट व्यवस्थापन समन्वय समिति (सिसिएमसी)बाट कोरोना प्रोटोकल सिफारिस भएको थियो ।   पुस २६ गते नै गृह मन्त्रालयबाट भिडभाड हुने कार्यक्रम नगर्न निर्देशन प्राप्त भएको र त्यसको भोलिपल्ट जिल्ला कोभिड व्यावस्थापन समिति (डिसिएमसी)बाट निर्णय र आदेश जारी भइ सार्वजनिक भएको थियो ।  गृहले पुस २८ गते सबै स्थानीय तहलाई पुनः निर्णय कार्यान्वयनका लागि पत्राचार गरेको थियो । सोहीअनुरुप माघ २ गते स्थानीय गुनासोका आधारमा पुनः बर्जु महोत्सव स्थगनको पत्राचार गरेको प्रजिअ यादवले बताए ।   ‘औपचारिक र अनौपचारिक स्तरबाट पनि कोरोना प्रोटोकल कार्यान्वयन गर्न विभिन्न प्रायास गरियो । तर उक्त कार्यक्रम रोक्न आयोजकले मानेनन्’, नेपालवाचसँग कुरा गर्दै उनले भने । जिल्ला प्रशासन कार्यालयले पुस २३ गते दिएको अनुमतिपत्रमा सो दिनदेखि माघ ४ गतेसम्म बर्जु महोत्सव गर्न अनुमति दिएको छ । उक्त अनुमति पत्रमा उक्त महोत्सवको सम्पूर्ण जिम्मा गाउँपालिकामा रहने गरी दिएको उल्लेख । तर, गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी भने उक्त घटनाको जिम्मा आफूले नलिने बताउँछन् ।    जिल्ला प्रशासन कार्यालयले पुस २३ गते दिएको अनुमतिपत्रमा सो दिनदेखि माघ ४ गतेसम्म बर्जु महोत्सव गर्न अनुमति दिएको छ । उक्त अनुमतिपत्रमा उक्त महोत्सवको सम्पूर्ण जिम्मा गाउँपालिकामा रहने गरी दिएको उल्लेख गरिएको छ ।   तर, गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी भने उक्त घटनाको जिम्मा आफूले नलिने बताउँछन् । ‘सुरुमा अनुमति मागेको हो । तर कार्यक्रम सुरु भएपछि कोरोनाका कारण उक्त कार्यक्रम रोक्नका लागि जिल्लाबाट पत्र आयो’, उनले भने, ‘हामीले कार्यक्रम रोक्नका लागि आयोजकलाई पत्र दियौँ तर उनीहरूले लिन मानेनन् । त्यसपछि हामीले उक्त पत्र हुलाकबाट पठाएका थियौ।’ उक्त कार्यक्रम सञ्चालनको अनुमति लिँदा एक नम्बरमा नै कोभिड –१९ को जोखिमलाई ख्याल गर्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थसम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्ने र गराउने उल्लेख गरिएको छ । तर आयोजकले उक्त आदेशको पालना नै नगरेको देखिन्छ ।  प्रशासनको आदेश नमान्दा क्षति  कोरोनाको कारण उक्त महोत्सव बीचमा नै रोक्न जिल्ला प्रशासन र पालिकाले आयोजकलाई पत्राचार गरेका थिए । तर टिकटबाट धेरै पैसा उठाएकाले आयोजकले उक्त कार्यक्रम रोक्न मानेका थिएनन् । भिडभाड भएको भन्दै मंगलबार प्रहरीले उक्त कार्यक्रमका लागि आइरहेका भोजपुरी कलाकार खेसारीलाललाई होटलमा नै रोकेको थियो ।  यादव होटलमा नै रोके पनि उनको टिमका कलाकारले कार्यक्रमस्थलमा गएर आफ्नो प्रस्तुति दिँदै थिए । खेसारीलाल आउने भनेर पैसा तिरेर कार्यक्रमस्थलमा पुगेका दर्शकले उनलाई नदेखेपछि कार्यक्रमस्थलमा तोडफोड गरेका थिए । उनीहरुले त्यहाँ रहेका खेसारीलालको टिमका चारवटा गाडीमा आगजनी गरे । आफ्नो गाडीमा आगजनी भएपछि उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उक्त घटनामा आफू र दर्शकको कुनै गल्ती नभएको बताएका छन् ।  उनले उक्त घटनाको दोषी आयोजकलाई दिएका छन् । ‘दोषी आयोजक हुन्’, उनले भनेका छन्, ‘उनीहरूले कार्यक्रमको स्विकृति लिए । तर स्विकृति रद्ध भएपछि पनि हामीलाई जानकारी दिएनन् ।’  उनी साढे ३ बजे नेपाल–भारतको सीमानामा खेसारीलाल आइपुगेका थिए । उनको ११ बजेबाट कार्यक्रम थियो ।  टिकटमा आधा सदस्य कार्यक्रमस्थलमा आइसकेपछि प्रहरीले उनीहरूलाई घेरेको थियो ।  खेसारीलाल आउने भनेर पैसा तिरेर कार्यक्रमस्थलमा पुगेका दर्शकले उनलाई नदेखेपछि कार्यक्रमस्थलमा तोडफोड गरेका थिए । उनीहरूले त्यहाँ रहेका खेसारीलालको टिमका चारवटा गाडीमा आगजनी गरे । उनीहरू करिब ३० जना कार्यक्रममा आएका थिए । यादवले आफू आएको कार्यक्रम टिकट लिएर भएको कार्यक्रम भएको थाहा नभएको बताएका छन् ।  आफूसँग केही दिन पहिले मात्रै कार्यक्रम सहभागी हुन सम्झौता भएको उनको भनाइ छ । खेसारीलालले उक्त घटनामा आफ्नो गल्ती नभएको बताएका छन् । ‘यो घटनामा मेरो गल्ती छैन । म तपाईहरुकै मायाले आएको हुँ । म दर्शककै लागि भनेर दिनरात मेहनत गर्दै आएको छु । र, सधैँ मेहनत गर्ने छु’ उनले उक्त भिडियोमा भनेका छन् । अहिले उक्त घटनाबारे छानबिनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्बदलीय बैठक बसिरहेको सुनसरीका पजिअ यादवले जनाए । सम्बन्धित समाचार दर्शकले चारवटा गाडी जलाएपछि खेसारीले भने, ‘यसको जिम्मा आयोजकले लिनुपर्छ’