NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

३८ अंकले घट्यो नेप्से

काठमाडौं । नेप्से कारोबार भएको आज चौथो दिन पनि नेप्सेमा पुनः गिरावट आएको छ । नेप्से ३८ दशमलव ३५ अंकले घटेर २८ सय ९८ दशमलव ३१ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेर ५ सय ३९ दशमलव ६५ अंकमा पुगेको छ । दुई सय २८ वटा कम्पनीको ८४ हजार दुई सय ३३ पटकको कारोबारमा एक करोड १८ लाख ३७ हजार दुई सय १५ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम ६ अर्ब दुई करोड १३ लाख ११ हजार आठ सय ८१ रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव नौ अंकले घटेर १९ सय १० दशमलव ९८ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि ५९ दशमलव ७८ अंकले घटेर ३४ सय २९ दशमलव १९ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय २५ दशमलव ८७ अंकले घटेर १६ हजार एक सय ८९ दशमलव ३९ अंंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय १७ दशमलव १६ अंकले घटेर १३ सय ८९ दशमलव ८४ अंकमा झरेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरूको सूचक पनि घटेका छन् ।