NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रधानमन्त्री कप : कसले कति पुरस्कार पाए ? 

काठमाडौं । नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपिएफ च्यापियन बनेको हो । एपिएफले उपाधिसँगै पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले तीन लाखमा चित्त बुझाएको छ । प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी आशिफ शेख भए । उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान उपविजेता पुलिस क्लबका कुशल भुर्तेल चुनिए ।   यस्तै, लुम्बिनीका अनिल खरेल उत्कृष्ट बलर चुनिए ।  उत्कृष्ट ब्याट्सम्यान र बलरले २०÷२० हजार रुपैयाँ प्राप्त गरे  । सम्बन्धित समाचार एपिएफका आशिफ सर्वोत्कृष्ट खेलाडी  पुलिसलाई हराउँदै एपिएफले जित्यो प्रधानमन्त्री कपको उपाधि