कोरोना निको हुने बढ्दै, आज ६१३ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना भाइरस संक्रमित संक्रमणमुक्त भएका छन् । हिजो (मंगलबार) ५६२ जना कोरोना भाइरस संक्रमित संक्रमणमुक्त भएका थिए । हिजोको तुलनामा आज ५१ जना बढी संक्रमित संक्रमणमुक्त भएका हुन् । आज पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संख्या मङ्गलबार देखिएको नयाँ सङ्क्रमितभन्दा एक हजार ९४ ले बढी हो । मङ्गलबार देशभरमा १० हजार २५८ नयाँ सङ्क्रमित पुष्टि भएको थियो । उपत्यकाका तीन जिल्लामा आज ६ हजार ३४३ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा चार हजार ६६६, ललितपुर एक हजार १९ र भक्तपुरमा ५७८ नयाँ सङक्रमित थपिएकोे मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये नौ हजार ५०२ को पीसीआर र एक हजार ८५० को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २३ हजार ४०९ को नमूना परीक्षण गरिएको थियो । १८ हजार ७८ जनाले पीसीआर र पाँच हजार ३३१ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औसत सङ्क्रमणदर ५२ दशमलव दुई प्रतिशत छ । हालसम्मको उच्च सङ्क्रमणदर भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए । हाल भेन्टिलेटरमा रहनेको संख्या जम्मा २८ र आइसियुमा १६९ जना रहेका छन् । होम आइसोलेशनमा ४६ हजार ५१५, संस्थागत आइसोलेशनमा एक हजार ४१४ गरी आइसोलेशनमा जम्मा ४७ हजार ९२९ रहेका छन् । संस्थागत क्वारेन्टिनमा १२६ रहेका छन् । कोभिड सङ्क्रमण दैनिजक बढिरहेकाले सबै सङ्घसंस्थाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीको भनाइ छ । सम्बन्धित समाचार नेपालमा कोरोना संक्रमण हालसम्मकै उच्च, आज एकैदिन ११ हजार ३५२ मा संक्रमण पुष्टि
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया