NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ मंसिर १२ गते

पर्यटन बोर्डलाई अमेरिकी दूतावासको सम्मान

काठमाडौं । कोभिड–१९ संक्रमणको बेला नेपालमा जारी लकडाउनको समयमा नेपालमा अलपत्र परेका आफ्नो देशका नागरिकको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै बुधबार नेपालस्थित अमेरिकी दूतावासले नेपाल पर्यटन बोर्डलाई  सम्मान गरेको छ ।  दूतावासको टाउन हलमा आयोजित भर्चुअल कार्यक्रममा बुधबार दूतावासले बोर्डलाई सम्मान गरेको हो । लडाउनको कठिन समयमा बोर्डले उद्धार उडानमार्फत (रिपाट्रिएसन फ्लाइट) आफ्नो देशका पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको र त्यो कार्यको अमेरिकी जनता र दूतावासले उच्च मूल्याङ्कन गरेको उल्लेख गर्दै बोर्डलाई यो सम्मान प्रदान गरिएको दूतावासले जनाएको छ ।   कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपाल र अमेरिकाबीच लामो कूटनीतिक सम्बन्न्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले सधै सहयोग गर्ने बताए ।  यस्तै अमेरिकन सिटिजन सर्भिसका चिफ डेमार्क स्चुल्जलेले कोभिड १९ को समयमा बोर्डले खेलेको भूमिका प्रसशंनीय भएको बताउँदै त्यसका लागि अमेरिकन नागरिकको तर्फबाट धन्यवाद ज्ञापन गरे । दूतावासको सम्मानपछि प्रतिक्रिया दिँदै र्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडको समयमा नेपालले गरेका कायबाट बोर्डले सम्मान पाउनु नेपाली पर्यटन क्षेत्रका लागि खुशीको विषय भएको बताए । उनले विभिन्न निकायको सहयोग र समन्वयले मात्र बोर्डले यो सम्मान पाएको उल्लेख गरे ।  ‘निश्चय नै त्यो समय सम्पूर्ण विश्वकै लागि कठिन समय थियो । आआफ्नो देशमा छरिएर रहका पर्यटकलाई शुरक्षित रुपमा स्वदेश फर्काउन हाम्रा लागि पनि चुनौती थियो । यद्यपि, सबैको सहयोग र समन्वयले हामीले त्यो काम गर्न सफल भयौं । जसले हामीलाई यो सम्मान र बेलायतमा ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्डसमेत प्राप्त गर्न सक्यौं,’ उनले भने ।  उनले तात्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, तत्कालीन सचिव केदारबहादुर अधिकारीको नेतृत्व र मार्गनिर्देशन तथा टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा)  होटल एशोसिएसन नेपाल (हान) ,नेपाल माउण्टेनरिङ्ग एशोसिएसन (एनएमए) एयासिफिक एसिया ट्रावल एशोसिएसन (पाटा) नेपाल ¥याफिटिङ्ग एजेन्सिज एशोसिएसन लगायतका पर्यटनसँग सम्बन्धित विभिन्न संस्था र बोर्डका कर्मचारीको सामुहिक प्रयासबाट यो काम गर्न सफल भएको बताए । यस्त,ै बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले दूतावासले प्रदान गरेको यो सम्मान नेपालको समग्र पर्यटन र नेपाली आतिथ्यताको सम्मान भएको बताए । उनले यस्ता सम्मानले बोर्ड र समग्र पर्यटन क्षेत्रलाई हौसला प्रदान गर्नुकासाथै थप जिम्मेवार बन्नसमेत प्रेरित गर्ने प्रतिक्रिया दिए । सन् २०१९ बाट विश्वव्यापी रुपमा सुरु भएको कोभिड–१९ ले नेपालमा सन् ०२०–०२१ मा बढी प्रभाव पारेको सो समयमा पर्यटन बोर्डले स्ट्रयान्डेड इन नेपाल अनलाइन अभियान सञ्चालन गरी नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो ।  कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी), जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ संस्थाको समन्वयमा यस्तै बोर्डले नेपालस्थित विभिन्न कूटनीतिक नियोगहरूसँगको समन्यवमा  रिपाट्रिएशन फ्लाइटमार्फत करिब पाँच हजारभन्दा बढी विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो ।  बोर्डले विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै यसअघि सन् ०२१ नोभेम्बर १ देखि ३ सम्म लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) कै अवसरमा नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्डसमेत प्राप्त गरेको थियो । विश्व चर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई उक्त अबार्ड प्रदान गरेको थियो ।  

ताजा अपडेट

नेपालवाच विशेष