NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

साउदी अरेबियामा एक सातामै १४ हजारभन्दा बढी आप्रवासी पक्राउ

काठमाडौं । भिसा, काम र सीमा सुरक्षा नियमहरू उल्लङ्घन गरेको आरोपमा साउदी अरेबिया सरकारले १४ हजार ६९ जना आप्रवासीलाइ पक्राउ गरेको छ ।

साउदी अरेबियाको गृह मन्त्रालयका अनुसार जनवरी दोस्रो हप्ता ६ हजार ७७४ आप्रवासीलाई आवास नियमको उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो ।

त्यसैगरी ५ हजार २९५ जना अवैध सीमा पार गर्ने प्रयासमा र १ हजार ५५८ जना श्रमसम्बन्धी मुद्दामा पक्राउ परेका हुन् ।

साउदी न्युजका अनुसार ४११ जनालाई अवैध रूपमा राज्य प्रवेश गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो । १७ जना छिमेकी मुलुकमा प्रवेश गर्ने प्रयासमा पक्राउ परेका थिए भने १४ जनालाई ढुवानी र उल्लङ्घन गर्नेहरूलाई आश्रय दिएकोे आरोपमा पक्राउ गरिएको थियो ।

साउदीको गृह मन्त्रालयले भनेको छ, ‘राज्यमा गैरकानूनी रूपमा प्रवेश गर्ने ढुवानी तथा आश्रय प्रदान गर्दै सहयोग गर्नेलाई १५ वर्ष सम्मको जेल सजाय दिइनेछ । १० लाख साउदी रियाल (२ लाख ६० हजार डलर) सम्मको जरिवाना वा सम्पत्ति जफत गर्न सक्नेछ ।’

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८, १३:११:००