NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

राजदूत भण्डारीद्वारा इराकका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । इराक कुवेतका लागि आवासीय राजदूत रहेका भण्डारीकै कार्यक्षेत्रमा पर्छ ।

इराकको राजधानी बग्दादस्थित राष्ट्रपति भवनमा हालै आयोजित कार्यक्रममा राजदूत भण्डारीले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत भण्डारीले राष्ट्रपति सलीसँग शिष्टाचार भेटवार्ता पनि गरेका थिए ।

सो अवसरमा उनले नेपाली जनताका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इराकी सरकार र जनताको सुख, शान्ति र समृद्धिको कामना गरिएको सन्देश सुनाए । उनले नेपाल र इराकबीच हार्दिक र मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्य रहेको बताए ।

प्रत्युत्तरमा इराकी राष्ट्रपति सलीले इराक पनि नेपालसँग अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका विषयमा सहकार्य गर्न इच्छुक रहेको बताए ।

त्यसैगरी राजनीतिक, आर्थिकलगायत द्विपक्षीय हितका क्षेत्रमा पनि नेपालसँग सहकार्य गर्ने चाहना रहेको राष्ट्रपति सलीले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८, १७:१०:००

ताजा अपडेट

नेपालवाच विशेष