NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेपालमा सेवन गरेको लागूऔषधको मात्रा कोरियाको स्वास्थ्य जाँचमा देखिएपछि एक नेपाली फर्काइँदै

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया पुगेका एक नेपालीलाई कोरिया सरकारले एक महिना नपुग्दै नेपाल फिर्ता पठाउने भएको छ ।

नेपालमा रहँदा ती युवाले लागूऔषध सेवन गर्ने गरेको र कोरियामा पुनः स्वास्थ्य जाँच गर्दा उनको रगतमा लागूऔषधको मात्रा देखिएको थियो ।

उनलाई लागूऔषधको कसुरमा दक्षिण कोरियाले डिपोर्ट (देशनिकाला) गर्ने भएको छ ।

‘कोरिया जानुअघि नेपालमा ड्रग्स सेवन गर्नुभएको छ भने कोरिया आएपछि गरिने स्वास्थ जाँचमा तपाईँको रगतमा ड्रग्सको मात्रा देखिन्छ । जसका कारण नेपाल फर्कनु पर्नेछ’, गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले मंगलबार सार्वजानिक सूचना जारी गर्दै भनेको छ, ‘इपिएसमार्फत कोरिया पुगेका श्रमिकको स्वास्थ्य परीक्षण गर्दा रगतको पनि जाँच हुन्छ । रगतमा लागूऔषधको मात्रा देखिएमा पुनः परीक्षण गरिन्छ । दोस्रो पटक पनि ड्रग्सको मात्रा देखियो भने यहाँको सरकारले देश फिर्ता पठाइदिन्छ । ’

एनआरएनए दक्षिण कोरियाले कोरिया जाने प्रकृयामा रहेका सबैलाई सचेत रहन आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८, १७:२४:००

ताजा अपडेट

नेपालवाच विशेष