NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एनआरएनको उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने भएको छ ।

आफ्नो १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिसम्बन्धी विवाद समाधान गर्न संघले उच्चस्तरीय समिति गठन गरेको हो ।

यसअघि गत १५ जनवरीमा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)को बैठकले २६ जनवरीभित्र डेलिगेट्स समस्या सुल्झाउन समितिलाई भनेको थियो ।

प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा गठित सात सदस्यीय समितिको मंगलबार बसेको बैठकमा संयोजक घलेले हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए ।

उनले डेलिगेट्स विवाद सुल्झाएर विधानसम्मत मतदाता नामावली तयार गर्न १० दिन समय थप्न प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

त्यस्तै बैठकले कानुनी परामर्श समिति र एमआइएस (मेम्बर्सिप इन्फरमेसन सिस्टम)का समस्या समाधान गर्न प्राविधिक समिति गठन गर्ने निर्णय पनि गरेको छ । संयोजक घलेसँग परामर्श गरी दुवै समिति गठन गर्ने जिम्मा अध्यक्ष कुमार पन्तलाई दिइएको छ ।

आफ्नो १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिसम्बन्धी विवाद समाधान गर्न संघले उच्चस्तरीय समिति गठन गरेको हो ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १४:४४:००