NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

महान वैज्ञानिक टेस्लाका पाँच भविष्यवाणी, जो सही सावित भए

काठमाडौं । निकोला टेस्ला १९ औं शताब्दीका एक महान वैज्ञानिक थिए । विद्युतको क्षेत्रमका टेस्लाले इलेक्ट्रिक बल्ब आविष्कारक थोमस अल्वा एडिसनसँग भिन्न मत राख्थे ।

एडिसनले डाइरेक्ट करेन्ट्र प्रवाहलाई राम्रो बताउँथे भने, टेस्ला अल्टरनेटिभ करेन्टलाई उत्कृष्ट मान्थे । अल्टरनेटिभ करेन्ट एक ठाउँबाट अर्को ठाउँमा सहजै विद्युत लिन सकिने टेस्लाको मान्यता थियो ।

एक सय वर्षअघि निकोला टेस्लाले भविष्यवाणी गरेका थिए । जो आजको समयमा सही सावित भएका छन् । निकोला टेस्लाको सम्मानमा एलन मस्कले स्पेश कम्पनीको नामसमेत उनकै नाममा राखेका छन् ।

वाईफाईबारे भविष्यवाणी

निकोला टेस्लाले डेटा ट्रान्सभिशनसँग् जोडिएका कैयौं भविष्यवाणी गरेका थिए । उनले अनुमान लगाएका थिए कि भविष्यमा वायरलेस टेक्नोलोजीको सहयोगमा टेलिफोन सिग्नल, म्यूजिक फाइल्स, भिडियो र डकुमेन्ट्स पठाउन सकिने छ ।

उनले भनेजस्तै अहिले यी सवै सुविधा वाईफाईको सहयोगमा हुने गरेको छ । यद्यपि उनी आफैंंले भने यस्तो कुनै आविष्कार गर्न पाएका थिएनन् ।

मोबाइल फोनबारे टेस्लाको अनुमान

उनले मोबाइल फोनको आविष्कारबारे पनि भविष्यवाणी एक सय वर्षअघि नै गरेका थिए । १९२६ मा एक अमेकिरी म्यागेजिनमा दिएको अन्तर्वार्तामा उनले यसबारेमा उल्लेख गरेका थिए ।

उनले यस आइडियालाई पकेट टेक्नोलोजी भनेका थिए । उनले भनेका थिए, ‘यो टेक्नोलोजीका माध्यमबाट म्यूजिक, तस्वीर र भिडियो एक ठाउँबाट अर्को ठाउँमा पठाउन सकिनेछ ।’

ड्रोनबारे भविष्यवाणी

१८९८ मा निकोला टेस्लाले बिना तारवाला रिमोट कन्ट्रोल हुने यन्त्रको प्रदर्शन गरेका थिए । आज यसैलाई ड्रोन भनिएको छ । त्यसबेला वायरलेस कम्युनिकेसन वाला यन्त्रलाई देखेर मानिसहरू अचम्मित बनेका थिए । एक दिन रिमोट कन्ट्रोलबाट चल्ने यन्त्र मानवीय जीवनको महत्वपूर्ण हिस्सा बन्ने उनले दावी गरेका थिए ।

हाई स्पीड एयरक्राफ्ट

निकोला टेस्लाले एकसय वर्षअघि नै भविष्यमा हुने हाई स्पीड एयरक्राफ्टबारे भविष्यवाणी गरेका थिए । तीव्र गतिमा व्यवसायिक उडानबारे उनले उल्लेख गरेका थिए । साथै वायरलेस पावरको प्रयोगबाट मानवरहित उड्ने मेशिनको विकास हुने उनको दावी थियो । यो भविष्यवाणी अहिले सही सावित भएको छ ।

महिला सशक्तिकरणबारे भविष्यवाणी

सन् १९२६ मा निकोला टेस्लाले ‘ह्वेन उमेन इज बोस’ को मुद्दाबारे एक अन्तर्वार्ता दिएका थिए । त्यसबेलाको यो धारणाबाट स्पष्ट हुन्छ कि महिलाको सशक्तिकरणबारे उनको मनमा कस्तो विचार थियो ।

उनले भविष्यमा महिलाहरू वायरलेस टेक्नोलोजीको प्रयोग गरेर शिक्षा, रोजगारी र व्यवासायीक क्षेत्रमा आवद्ध हुने उल्लेख गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८, २०:२४:००