NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

शक्ति राष्ट्रको चन्द्रमातर्फको दौड, यति महत्वकांक्षी योजना चन्द्रमामै किन ?

काठमाडौं । गएको वर्ष चन्द्रमामा कुनै अन्तरिक्ष यान पठाइएन, न कुनै मिशन नै तयार गरियो । तर यस वर्षभरी नै चन्द्रमासँग जोडिएका खबरहरू आइरहनेछन् । किनकी कैयौं देश र स्पेस कम्पनीले यस वर्ष चन्द्रमाका लागि विशेष अभियान बनाइरहेका छन् ।

चन्द्र अभियानबारे नासाले पहिलो मिशन सुरु गर्नेछ । यस कार्यक्रम अन्तर्गत पहिलो महिला अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउनेछ । अन्य सहयोगीका साथ मिलेर लामो समयसम्म चन्द्रमामा उपस्थिति बनाइराख्न अन्य अत्यावश्यक उपकरण र सामग्री पनि चन्द्रमामा पठाउनेछ । भविष्यमा चन्द्रमामा जाने अन्तरिक्ष यात्रीले उक्त सामग्रीहरू प्रयोग गर्नेछन् ।

यसकारण चन्द्रमामा एक यस्तो आर्टेमिस बेस क्याम्प बनाइनेछ, जहाँ अन्तरिक्ष यात्री बस्न सक्नेछन् र अन्तरिक्षमा एक गेटवे पनि बनाइनेछ । जहाँ बसेर अन्तरिक्ष यात्री चन्द्रमाको सतहसम्म जानका लागि आफ्नो यात्रा पूरा गर्नेछन् ।

यसमा एक अत्याधुनिक मोबाइल घर र रोवर रहनेछ । चन्द्रमामा अभूतपूर्व रूपमा खोजी अभियानलाई सफल पार्न यो घरले महत्वपूर्ण योगदान दिनेछ । साथै यहींबाट मंगल ग्रहमा कदम राख्ने तयारी पनि गरिने नासाको भनाइ छ ।

नासाको यस महत्वकांक्षी योजनाको उद्देश्य २०२५ सम्म एक पटक फेरि मानिसलाई चन्द्र सतहमा उतार्नु हो । तर, यो मिशन यही मात्र सकिने छैन । यसको सफलता र महत्वाकांक्षी उद्देश्यका लागि पहिलो कदम हुनेछ ।

भारत, जापान, रूस र दक्षिण कोरिया पनि यस वर्ष आ–आफ्नो लुनर मिशन लन्च गर्ने तयारीमा छन् । यसका साथै अन्य मुलुक र कम्पनी पनि पृथ्वीको कक्षामा आ–आफ्ना स्याटलाइट लन्च गर्ने तयारीमा छन् ।

यी अभियानरूमा अधिकतत मानवरहित हुनेछन् । जो चन्द्रमासम्म अत्यावश्यक सामग्री पुर्‍याउनेछन् । एक दशकभित्रै चन्द्रमामा मानवीय बस्ती बनाउने अभियानका लागि यस्ता मिशन मद्दतगार बन्नेछन् । यसै वर्ष चन्द्रमाको अन्तरिक्षमा लुनर स्पेश स्टेशन पनि बनाइनेछ । तर, यस मिशनको अन्तिम उद्देश्य भनेको मंगल ग्रहमा मानव बस्ती बसाउनका लागि सहयोगीका रुपमा स्थापित गरिनेछ ।

बेलायतको युनिभर्सिटी अफ ब्रिस्टलकी एस्ट्रोफिजिसिस्ट डाक्टर जोई लिनहार्ट भन्छिन्, ‘यस वर्ष एक नयाँ तरिकाको स्पेश रेसको साक्षी बन्न पाइनेछ । यस रेसमा कैयौं मुलुकहरूको नाम जोडिनेछ । यो दौडमा अधिकांश चन्द्रमासँग सम्बन्धित खोजी अभियान हुनेछन् । त्यसमा पनि चन्द्रमामा लामो समय बस्ने तयारी पनि हुनेछ ।’

कुनै मिसन त भविष्यमा ठूला अभियानको निभका रुपमा पनि सुरु हुनेछन् । ‘केही मिशनको उद्देश्य एक ठूलो परियोजनाको पहिलो निभ राख्ने खालका पनि छन् । चन्द्रमाको मिशन केही नयाँ कन्सेप्टलाई प्रमाणित गर्ने मौका हुनेछ’, उनी भन्छिन् ।

नासाको यस महत्वाकांक्षी योजनाको उद्देश्य २०२५ सम्म एक पटक फेरि मानिसलाई चन्द्र सतहमा उतार्नु हो । तर, यो मिशन यही मात्र सकिने छैन । यसको सफलता र महत्वाकांक्षी उद्देश्यका लागि पहिलो कदम हुनेछ ।

यस मिशनको अधिकतम हिस्सा मानवरहित यानद्वारा पूरा गरिनेछ । तर आर्टेमिस–वन मा ‘मूनिकिन’ लाई चन्द्रमा पठाइनेछ । यसका माध्यमबाट स्पेससूटको परीक्षण गरिने र त्यसपछि मिशनमा जाने अन्तरिक्ष यात्रीले पहिरिनेछन् ।

यस मिशनमा नासाको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट स्पेस लन्च सिस्टममार्फत् लन्च गरिनेछ । यसले ओरायन अन्तरिक्ष यानलाई चन्द्रमाको नजिक लिएर जानेछ । र चन्द्रमामा जाने अन्तरिक्षयात्री लैजाने यानलाई परीक्षण पनि गरिनेछ ।

नासाले ओरायनमा लगाइएको हिट शिल्डको अध्ययन गर्नेछ । पृथ्वीमा फर्किने बेला जब ओरायन पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेछ, तब करिब २७६० डिग्री सेल्सियस तापमानको सामना गर्नेछ । आर्टेमिस कार्यक्रम अन्तर्गत यस वर्ष एक अर्को ठूलो कदमलाई पनि देख्नेछौं ।

नासाका साथै भारत, जापान र दक्षिण कोरिया र अन्य केही कम्पनीहरू पनि यस वर्ष चन्द्रमालाई लिएर आफ्नो योजना बनाइरहेका छन् ।

नासाले यस वर्ष आर्टिमिस कार्यक्रमको पहिलो कदम उठाउँदै केपस्टोन अन्तरिक्ष यान मार्च २०२२ सम्म पठाउनेछ । यसका माध्यबाट माइक्रोवेब अवनको आकारको एक अटोनोमस पोजिशनिङ सिस्टम क्यबसेट पनि लन्च गर्नेछ । उक्त क्युबसेटले चन्द्रमाको चारैतिर चक्कर लगाउनेछ । यसको उद्देश्य भविष्यमा अन्तरिक्ष यात्रीको सुरक्षा सुनिश्चितता गराउने हुनेछ ।

मंगलमा कदम राख्ने महत्वाकांक्षी योजना

आर्टेमिस कार्यक्रम अन्तर्गत जुन जानकारी संकलन हुनेछ, त्यसको प्रयोग गेटवे बनाउनका लागि गरिनेछ । गेटवे चन्द्रमाको नजिकै अन्तरिक्षमा बनाइने एक आउटपोस्ट हुनेछ । जो लामो समयसम्म चन्द्रमा मानिस रहनका लागि अत्यावश्यक सहयोग पु¥याउनेछ ।

यदि यस योजना अनुसार काम भयो भने २०२५ सम्म आर्टेसिम–तीनका माध्यमबाट मानिसलाई चन्द्रमामा पठाइनेछ । अपोलो–१७ पछि अहिलेसम्म चन्द्रमामा मानिस पठाइएको छैन । यसका साथै विश्वको पहिलो महिला अन्तरिक्षयात्री र पहिलो काला जातिका अन्तरिक्ष यात्री पनि चन्द्र सतहमा उत्रिनेछन् ।

डा. हान्ना सार्जेन्ट अमेरिकाको सेन्ट्रल फ्लोरिडा विश्वविद्यालयका प्लानेटरी साइन्टिस्ट हुन् । उनी भन्छिन्, ‘चन्द्रमामा कदम राख्न एक ठूलो सफलताको सुरुवात हुनेछ । त्यहाँ पूरा हुने रोबोटिक मिशन एक ठूलो योजना हुनेछ । यसकै आधारमा चन्द्रमा नजिक स्पेश स्टेशन, चन्द्रमा बेस क्याम्प र पछि मंगल ग्रहसम्म मानिसलाई पठाउने तयारी हुनेछ ।’

नासाका साथै भारत, जापान र दक्षिण कोरिया र अन्य केही कम्पनीहरू पनि यस वर्ष चन्द्रमालाई लिएर आफ्नो योजना बनाइरहेका छन् ।

भारतको चन्द्रयान

भारतले चन्द्र सतहमा उत्रिनका लागि एक चन्द्रयान पठाएको थियो । तर, यो मिशन सफल भएन । अब यसैवर्ष भारतीय स्पेश रिसर्च अर्गनाइजेशन चन्द्रयान–३ पठाउने योजनामा छ । जसमा एक अन्तरिक्ष यानका साथै एक रोवर र एक ल्याण्डर पनि पठाइनेछ । यो अर्बिटर मिशन हुनेछ । जसले चन्द्रमामा सफ्ट ल्याण्डिङ गर्ने कोशिस गर्नेछ । रोवरले चन्द्रमाको तस्बिर पृथ्वीमा पठाउनेछ । जसबाट चन्द्र सतहबाट अध्ययनमा सहयोग पुग्नेछ ।

चन्द्रयान ३ का माध्यमबाट चन्द्रमाको डार्क साइडमा रोवट उतार्ने योजना पनि रहेको छ । डार्क साइडमा अर्बौं वर्षदेखि सूर्यको एक पनि किरण परेको छैन । यस क्षेत्रमा महत्वपूर्ण खनिज र बरफ हुनसक्ने अनुमान गरिएको छ ।

चन्द्रमालाई लिएर यस वर्ष जापानका पनि दुई योजना रहेका छन् । जापानी स्पेश एजेन्सीले अप्रिलमा एक ल्याण्डर चन्द्र सतहमा उतार्ने योजना बनाएको छ । स्मार्ट ल्याण्डर फक इन्भेस्टिगेटिङ द मूलन नामको यो मिशनले चन्द्रमामा ल्याण्डिङ तरिकाबारे परीक्षण गर्नेछ ।

यो मिशनले फेशियल रिकग्निशन स्टिमको माध्यमबाट चन्द्रमामा रहेका खाल्डाहरूबारे जानकारी संकलन गर्नेछ । यसमा एक एक्स–रे इमिजिङ एण्ड स्पेक्ट्रोस्कोपी मिशन नामको स्पेश टेलिस्कोप पनि रहनेछ ।

जापानी कम्पनी आइस्पेश पनि यस वर्षको अन्त्यतिर पहिलो र आगामी वर्ष अर्को ल्याण्डर चन्द्रमातर्फ पठाउने योजनामा छ । हाकूटो–आर कार्यक्रम अन्तर्गत यी दुवै मिशनलाई मिशन–१ र मिशन–२ नाम दिइएको छ । यी दुवै मिशन चन्द्रमाको खोजी अभियानका लागि महत्वपूर्ण हुनेछन् । जसले मानिस बस्नेसक्ने अवस्थाको खोजी गर्नेछन् ।

कम्पनीका अनुसार भविष्यमा मानिसलाई चन्द्रमामा आफ्नो बसोबास स्थान खोज्ने, पृथ्वीका मानिस र चन्द्रमाका मानिसबीच सम्पर्क बनाइराख्न र चन्द्रमामा व्यापारको समभावना खोज्न पनि सहयोगी हुनेछ । आफ्नो तेस्रोदेखि नवौं मिशनमा कम्पनीले चन्द्रममा पेलोड डेलिभरी स्टिम खडा गर्ने र त्यसपछि चन्द्रमामा औद्योगित स्थान बनाउने योजना बनाएको छ ।

जापानबाहेक रूस लूना–२५ मिशन र दक्षिण कोरियाले आफ्नो लूनर अर्बिटर मिशन लन्च गर्ने तयारीमा छन् । रूसी स्पेश एजेन्सी रोसकोसमोसका अनुसार रूसले यसवर्षको जुलाईमा लुना–२५ ल्याण्डर चन्द्रमामा उतार्नेछ । यो पूरै तरिकाले रसियामै बनेको ल्याण्डर हुनेछ । ४५ वर्षपछि चन्द्रमामा रूसको पहिलो मिशन हुनेछ । यो ल्याण्डर चन्द्रमाको दक्षिण ध्रुवमा उत्रने अपेक्षा गरिएको छ । नासा भने यस क्षेत्रमा अन्तरिक्ष यात्रीलाई नै उतार्ने योजनामा काम गरिरहेको छ ।

अमेरिकाको ह्यूस्टनमा रहेको कम्पनी इटूइटिभ मशीन्सले २०२२ को सुरुवातमै नोवी–सी नामको ६ खुट्टावाला रोबोटका माध्यमबाट चन्द्रमामा सामान पठाउने तयारीमा छ ।

यसपछि २०२४ मा रूसले लूना–२६, २०२५ मा लूना–२७ र २०२७–२८ मा लूना–२८ मिशन लन्च गर्ने योजनामा काम गरिरहेको छ ।

दक्षिण कोरियाको स्पेस एजेन्सी कोरिया एरोस्पोस रिसर्च इन्स्टीट्युटले पनि यस वर्षको अस्टमा चन्द्रमाका लागि आफ्नो पाथफाइन्डर लूनर अर्बिटर मिशन लन्च गर्ने तयारी गरिरहेको छ । यो मिशन चन्द्रमाको वातावरणबारे अध्ययन गर्नेछ ।

नासाको कमिर्शियल रोबाेट्स

कैयौं निजी कम्पनी पनि यस वर्ष चन्द्रमामा जाने होडमा छन् । जापानी कम्पनी आइस्पेश पनि यस रेसमा सहभागी छ । नासाको एक कार्यक्रम कमर्शियल लूनर पेलोड सर्भिसेस अन्तर्गत कैयौं कम्पनी चन्द्रमासम्म सामग्री पठाउनका लागि एक अर्कोसँग आवद्ध भएर काम गर्ने भएका छन् ।

अमेरिकाको ह्यूस्टनमा रहेको कम्पनी इटूइटिभ मशीन्सले २०२२ को सुरुवातमै नोवी–सी नामको ६ खुट्टावाला रोबोटका माध्यमबाट चन्द्रमामा सामान पठाउने तयारीमा छ ।

अमेरिकाको पेन्सिलभेनियाको एक कम्पनी एस्ट्रोबोटिक टेक्नोलोजी पनि यस वर्षको मध्यतिर एक मिशन लन्च गर्ने तयारीमा छ । यसको माध्यमबाट चार खुट्टावाला एक ल्याण्डरले वैज्ञानिक अध्यननका सामग्री चन्द्र सतहसम्म पुर्‍याउनेछ ।

मिशनको उद्देश्य के हो ?

डा. सार्जेन्टका अनुसार यसमा कैयौं मिशनले चन्द्रमाको वातावरणबारे अधिक जानकारी संकलन गर्नेछन् । तीव्र सौर्य तुफान र लूनर डस्टबाट मानिस र चन्द्रममा पठाइने उपकरणलाई कसरी बचाउन सकिन्छ भन्नेबारे अध्ययन गर्नेछन् ।

साथै वैज्ञानिकले चन्द्रममा पानी र अन्य संसाधनको व्यवस्था गर्ने मौका पनि यी मिशनले दिनेछन् । उनी भन्छन्, ‘हामी चाहन्छौं कि चन्द्रममा मानिस उत्रिनुभन्दा पहिले त्यहाँ अत्यावश्यक उपकरण पुगेर सही तरिकाले काम होस् । अन्त्यमा उनीहरूबाट जो जानकारी संकलन हुन्छ, त्यसबाटै चन्द्रमामा मानिस बस्न र मंगल ग्रहसम्मको अभियानको काम अघि बढ्नेछ ।’

चन्द्रमा मानिसका लागि एक ठूलो प्रयोगशाला जस्तै भएको उनको भनाइ छ । मंगलग्रहमा प्रयोग हुने सबैखाले प्रविधि चन्द्रमामा सहज तरिकाले गर्न सकिने उनी बताउँछन् ।

‘चन्द्रमा हामीबाट केवल तीन दिनको दूरीमा रहेको छ । जबकी मंगलसम्म पुग्न ६ महिना लाग्छ । त्यसैले मंगल ग्रहका मिशनका लागि चन्द्रमा हाम्रो ठूलो प्रयोगशाला हुनेछ’, उनले भने । एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८, १०:५७:००