NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरदबीच इन्गेजमेन्ट (फोटो फिचर)

काठमाडौं गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग खुम्बु पुगेर इन्गेजमेन्ट गरेकी छिन् । उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको सामाजिक सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन्।

उनले इन्गेजमेन्टको सामाजिक सामाजिक सञ्जालमा लेखेकी छिन्- ‘ शरदले सोधी के तिमी मसँग बिहे गर्छौ ?, र मैले भने र मैले हुन्छ भने । उनले ‘मँ तिमीलाई माया गर्छु शरद केडिया तपाइँलाई तपाइँको मायाको साथ दैनिक बहाउन को लागी धन्यवाद भन्दै शरद केडियालाई मेरो तारा’ समेत भनेकी छिन् ।

बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए। इन्दिरा र शरद लामो समयदेखि प्रेम सम्बन्धमा थिए।

क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमार्फत् शरदले इन्दिरालाई औठी लगाउँदै गरेको भिडियो सार्वजनिक गरेसँगै भाइरल बनिरहेको छ । थापाले नयाँ उज्वल भविष्यको कामना भनी शुभकामना समेत दिन भ्याएका छन् ।

इन्दिरा ग्यालेक्सी टेलिभिजनबाट प्रसारण हुने नयाँ रियालिटी शो ‘सारेगमप लिटल च्याम्प’ मा जजको भूमिकामा देखिदै छिन्।

तस्बिर:- इन्दिरा जोसीको फसबुकबाट

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८, १३:३९:००