NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

झापाको केचनामा डुबानको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । झापाको केचनामा डुबानको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त क्षेत्रमा पछिल्लो ६ घन्टामा १ सय १५ मिलिलिटर वर्षा भइसकेको छ ।

आइतबार बिहान ६ बजे विभागको बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै उक्त क्षेत्रमा पछिल्लो ६ घन्टायता भारी वर्षा भएकाले डुबानको सम्भावना रहेको औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

पानी पर्ने क्रम जारी नै रहेकाले देशकै सबैभन्दा होचो ठाउँहरु केचना, पथरियालगायतका स्थानमा तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।

‘झापास्थित केचना बर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षामापन भएको र थप वर्षा हुने पूर्वानुमान रहेकोले केचना, पथरिया लगायत उक्त क्षेत्रका साना खोलाहरुमा बहाब बढ्ने, नदी तटीय क्षेत्रमा सतर्कता अपनाऔँ,’ बुलेटिनमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८, ०६:५२:००