NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मिठो खाने लोभले २४ वर्ष जेठासँग बिहे

नेपालवाच मल्टिमिडियाले पोडकास्टअन्तर्गत स्वरूप अडियो प्रस्तुत गर्ने गरेको छ । हरेक साता शनिबार ‘जमाना’ मार्फत हामीले ७० वर्ष कटेका आमा–बुबाहरू मार्फत उतिबेलाको नेपालको जीवन्त चित्र प्रस्तुत गर्ने गरेका छौं ।

त्यतिबेलाको समाज, जीवनशैली, प्रेमको चित्र हामीले अडियोमार्फत सुनाउनेछौंँ । पछिल्लो शृंखलामा हामी साँगाचोक –६, सिन्धुपाल्चोक पुगेका छौँ ।

त्यहाँ भेटिएका मकरबहादुर घर्ती र उनकी श्रीमती रत्नकुमारीलाई भेट्यौं । मकरबहादुर २०९६ माघ १६ जन्मेका थिए । जसले ३५ वर्षको उमेरमा आफूभन्दा २४ वर्ष कान्छी रत्नकुमारीलाई विवाह गरेर घरजम बसाले ।

त्यतिबेला पनि उनले बालविवाहको मुद्दा खेप्नु पर्‍यो । जीवन ज्युने शृंखलाका उकाली–ओरालीमा आइपरेका चुनौती, हाँसो, खुसी, आँसु रोदनहरूसँगै त्यतिबेलाको गाउँले प्रेमका अनेक किस्सा समेटेका छौं।

सुनौं साहित्यकारले अमित घिमिरेले प्रस्तुतिमा घर्ती दम्पत्तीसँग गरिएको अन्तरंग कुराकानी ।

०००

(नेपालवाच पोडकास्टमा प्रस्तुत छ– जमाना । जमानाका श्रृंखलामा साहित्यकार अमित घिमिरेले राजधानीनजिकैको जिल्ला सिन्धुपाल्चोकका विभिन्न स्थानमा पुगेर सात दशकभन्दा माथि उमेर पुगेका व्यक्तिसँग गरेको कुराकानी प्रस्तुत हुनेछ । घिमिरे भन्छन्– जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि भनिन्छ । तर मलाई भन्न मन लाग्छ जहाँ पुग्दैन रवि र कवि, त्यहाँ पुगेको हुन्छ अनुभवी ।)

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८, १७:५६:००