NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

निसानको गाडीमा कुनै समस्या ? देशव्यापी हुँदैछ मर्मतसम्भार

निसान नेसनवाइड सर्भिस क्याम्प डिसेम्बर २६ देखि

काठमाडौं । तपाईंले प्रयोग गरिरहेको निशान गाडीमा समस्या आएर मर्मत सम्भार गर्नुपर्ने छ ? यदि छ भने चिन्ता नलिनूस्, अब निशानले तपाईंको घरदैंलोमै आएर हेरचाह तथा मर्मत सम्भार गरिदिँदै छ ।

निसान नेसनवाइड सर्भिस क्याम्पअन्तर्गत निशानले हेरचाह तथा मर्मतसम्भार गर्न लागेको हो ।

राष्ट्रव्यापी रूपमा सञ्चालन हुने यो अभियान यही डिसेम्बर २६ देखि डिसेम्बर २८ सम्म सञ्चालन हुने निशानले जनाएको छ ।

निशानका अनुसार, यो अभियानअन्तर्गत निःशुल्क लेबर चार्ज, टप वास, ९० पोइन्ट चेक सेवा प्रदान हुनेछ । अन्य पार्ट्समा भने २० प्रतिशतसम्म छुट हुनेछ । नियमित सेवा र उपभोग्य वस्तुहरूमा १०% सम्म छुट दिने निशानले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८, १०:३७:००