NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यामाहा बाइक किन्दै हुनुहुन्छ ? यस्तो छ बाइकको बजार मूल्य

काठमाडौं । जापानिज मोटरसाइकल निर्माता यामाहाको नेपालको लागि आधिकारिक वितरक एमएडडब्ल्यु रहेको छ । एमएडडब्ल्युले विगत लामो समयदेखि नेपालमा यामाहाको मोटरसाइकल बिक्री वितरण गर्दै आइरहेको छ ।

हाल कम्पनीले नेपाली बजारमा यामाहाको विभिन्न मोडलका मोटरसाइकल बिक्री गरिरहेको छ ।

आर–३ (R3)

यामाहा आर–३ ३२१ सीसीमा उपलब्ध रहेको छ । यस मोडलमा लिक्विड कुल्ड, ४–स्ट्रोक, इनलाइन २ सिलिन्डर, फ्युल इन्जेक्टिड इन्जिन रहेको छ । यो नयाँ इन्जिन र चेसिज डिजाइनका साथ उच्च स्तरको सवारी प्रदर्शन र ‘सुपरबाइक’ मोनिकरको स्टाइल प्राप्त गर्ने कम्पनीको दाबी छ ।

यो इन्जिनले ९ हजार आरपीएममा २९.६ टर्क तथा १० हजार ७५० आरपीएममा ४२ पीएस पावर जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यो मोटरसाइकलको बजार मूल्य ९ लाख २४ हजार ९ सय रहेको छ ।

आर १५ भी ३ बीएस ६(R15 V3 BS6)

यामाहाको अर्को लोकप्रिय मोडल आर १५ भी ३ बीएस ६ हो । यसमा १५५ सीसी लिक्विड सिंगल सिलिन्डर एफआइ भीभीए इन्जिन रहेको छ । यो इन्जिनले १० हजार आरपीएममा १९.३ पीएस पावरका साथै १४.१ एनएम टर्क उत्पादन गर्छ ।

स्लिपर कल्च, गियर इन्डिकेटर, ट्रिप मिटर, एलसीडी कन्सोल जस्ता फिचर रहेको छ । यसमा पनि ६ स्पीडको गियरबक्स जडान गरिएको छ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ५ लाख ९ हजार ९ सय रुपैयाँ रहेको छ ।

एफएजेडईआर २५ (FAZER-25)

नेपाली बजारमा अर्को यामाहाको अर्को लोकप्रिय मोडल एफएजेडईआर पनि एक हो । यसमा २४९ सीसी एयर कुल्ड ४ स्ट्रोक, सिंगल सिलिन्डर, एसओएससी, फ्युल इन्जेक्टिड इन्जिन रहेको छ ।

यो इन्जिनले ६ हजार आरपीएममा २०.१ टर्क तथा ८ हजार आरपीएममा २०.८ पीएस पावर जेनेरेट गर्दछ । बजारमा यो मोडलको मूल्य ४ लाख १४ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

एफजेड २५ (FZ-25)

यो मोटरसाइकलमा २४९ सिंगल सिलिन्डर, एफआइ इन्जिन रहेको छ । यो इन्जिनले ६ हजार आरपीएममा २०.१ टर्क तथा ८ हजार आरपीएममा २०.८ पीएस पावर जेनेरेट गर्दछ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ रहेको छ ।

एफजेड भी २, एफजेडएस भी २ र एफजेड एस भी ३ (FZV2, FZAS V2,FZS V3​​​)

कम्पनीले नेपाली बजारमा यामाहाको एफजेड १५० सिरिज अन्तर्गत तीन भेरियन्टको मोटरसाइकल बिक्री वितरण गरिरहेको छ । एफजेड भी २, एफजेडएस भी २ र एफजेड एस भी ३ ।

यी तीन मोटरसाइकलमा समान १४९ सीसी सिंगल सिलिन्डर, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८ हजार आरपीएममा १३.२ पीएस पावर र ६ हजार आरपीएममा १२.८ टर्क जेनेरेट गर्दछ । यो इन्जिनमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

एफजेड भी २ को मूल्य २ लाख ९९ हजार ९ सय, एफजेडएस भी २ को ३ लाख २६ हजार ९ सय र र एफजेड एस भी ३ को ३ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ ।

एसजेड आरआर (SZ-RR)

कम्पनीले एसजेड आरआर १४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड ४–स्ट्रोक इन्जिन रहेको जनाएको छ । यो इन्जिनले ७ हजार ५ सय आरपीएममा १२.१ पीएस पावर तथा ६ हजार आरपीएममा १२.८ एनएम टर्क जेनेरेट गर्दछ ।

यो इन्जनमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको छ ।

सलुटो (SALUTO​​​​​​​)

यामाहाको सलुटो १२५ सीसी सिंगल सिलिन्डर एयर कुल्ड ४–स्ट्रोक इन्जिन रहेको छ । यो इन्जिनले ७ हजार आरपीएममा ८.३ पीएस तथा ४ हवा ५ सय आरपीएममा १०.१ एनएम टर्क जेनेरेट गर्दछ ।

यसमा ४ स्पीडको गियरबक्स जडान गरिएको छ । नेपाली बजारमा यो मोटरसाइकलको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ ।

एक्सटी जेड १५० एफआइ (XTZ 150 FI​​​​​​​)

एक्सटी जेड १४९ सीसी, एयर कुल्ड, ४–स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ६ हजार आरपीएमा १३.१ एनएम तथा ७ हजार आरपीएममा १२.५ पीएस पावर जेनेरेट गर्दछ ।

यसमा ५ स्पीडको गियरबकस जडान गरिएको छ । नेपालमा हाल यसको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८, १७:२१:००