NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

माइलेजबारे जानकारी दिन यामाहा रेजेडआर स्कुटरको र्‍याली

काठमाडौ । यामाहा रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले र्‍यालीको आयोजना गरेको छ ।

बुधबार भएको उक्त र्‍यालीमा रेजेडआर १२५ एफआई स्कुटर प्रयोग गरिएको थियो ।

यामाहाको शोरुम महाराजगञ्जबाट बिहान ९ बजे सुरु भएको उक्त र्‍याली बूढानीलकण्ठहुँदै बौडेश्वरीको रिसोर्टसम्म पुगेको थियो ।
विज्ञान अधिकारी उक्त र्‍यालीको विजेता बने । उनले प्रतिलिटर ७५.८९ किलोमिटर स्कुटर दौडाएका थिए ।

त्यसैगरी, प्रतिलिटर ७४ किमीका साथ भीमबहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भए भने संजिता महर्जन प्रतिलिटर ७३.५ केमीका साथ तेस्रो भइन् ।

एमएडब्लुले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ ।

कम्पनीका अनुसार यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएन्सीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो ।

यसले बजारमा प्रतिलिटर ५८ किमीसम्म उच्चतम माइलेज प्रदान गर्ने गर्छ ।

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८, १४:१५:००