NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

इन्द्र नारायण चोङबाङ बने यामाहा ‘रेस फर द एस’का विजेता

काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राईजेजले दसैंलाई लक्षित गरी सुरु गरेको दसैं स्कीम “रेस फर द एस” को विजेता इटहरी निवासी इन्द्र नारायण चोङबाङ भएका छन् ।

भदौ १५ गतेबाट सुरु गरिएको उक्त दसैं स्कीम मंसिर १४ सम्म भएको थियो । ९ हप्तासम्म चलेको यस स्कीमको अवधिभर यामाहाको जुनसुकै बाइकको खरिदमा पनि ग्राहकलाई ८ हजार देखि एक लाखसम्मको तत्काल छुट दिइएको थियो ।

त्यस्तै स्कीम अवधिभर बाइक खरिद गर्ने ग्राहकलाई हरेक हप्ता गोल्डेन एस टिकट र बम्पर विजेताका लागि गोल्डेन एस जित्ने मौका प्रदान गरिएको थियो ।

प्रत्येक हप्ताका एस कार्ड विजेताहरूलाई ४ तोला सुन र बम्पर विजेतालाई १२ तोला सुन पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

नेपालभरिबाट लक्की ड्रमार्फत विजेताहरू छनोट गरिएको थियो । यस “रेस फर द एस” स्कीमका बम्पर विजेता इन्द्र नारायण चोङबाङले तिरुपती अटो सिटीबाट यामाहा एफजी डबल डिस्क ब्रेक खरिद गरेका थिए ।

यामाहा नेपालले आगामी दिनहरूमा पनि यस किसिमका स्कीमहरूलाई निरन्तरता दिइराख्ने एमएडब्लु इन्टरप्राईजका लागि कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए ।

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८, १६:३२:००