NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

​​​​​​​डिश होम फाइवरनेटद्वारा डिलर दाईलाई सम्मान

पाेखरा । डिश होमले आफ्ना डिलर दाईहरूलाई सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ । क्षेत्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरेको हो ।

गण्डकी प्रदेशमा डिशहोम फाइवरको बिक्री तथा बिक्रीपछि ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने पोखराका दीप इलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायर्स, स्याङ्जा जिल्लाको रञ्जना फेन्सी, लुद्रमान थापा र गोरखाको सरिना इलोक्ट्रोनिक्सलाई सम्मान गरिएको हो ।

यस्तै, अकला राइस मिल, भट्ट इलेक्ट्रोनिक्स, जनसेवा इलेक्ट्रोनिक्सलाई उपहार स्वरुप एक थान ल्यापटप प्रदान गरिएको छ । बिक्रीपछि उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाईहरू तथा कम्पनीका क्षेत्रीय प्रतिनिधिहरूको सहभागी रहेको थियो ।

डिशहोम फाइवर नेटले ग्राहकको आवश्यकता अनुसार आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेज ल्याएको छ ।

डिशहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध गराइएको छ ।

सहुलियत मूल्यमा इन्टरनेट जडान र जडानपछि ग्राहकले इन्टरनेट प्रयोगको उत्कृष्ट अनुभव पाउने डिशहोमले दावी गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८, १६:४८:००

ताजा अपडेट

नेपालवाच विशेष