NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

भेरोसेल लगाएकालाई कोभिशिल्डको बुस्टर डोज

काठमाडौं – सरकारले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोजमा पहिलेको भन्दा फरक खोप दिने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर डोजमा फरक खोप दिने निर्णय गरेको हो ।

जस अनुसार ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई बुस्टर खोप प्रदान गर्दा पहिले कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिशिल्ड वा अस्ट्राजेनिका खोप दिने भएको छ ।

पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्र दिन सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्रजेनिका दिने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।

त्यस्तै विदेशमा पहिलो मात्रा कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाको हकमा दोस्रो मात्रा कोभिशिल्ड वा अस्ट्राजेनिका खोप प्रदान गरिने छ ।