NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जेठभित्र स्थानीय चुनाव गर्ने गठबन्धनको निर्णयप्रति एमालेको प्रतिक्रिया : टार्ने प्रयास असफल

काठमाडौं । सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले व्यंग्य गरेका छन् ।

उनले समाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन् ।

स्थानीय निकायको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठबन्धन जेठअगावै चुनाव गर्ने निष्कर्षमा आएको उनको आरोप छ । जनमतको तागतले सत्ता गठबन्धन पछाडि फर्किएको उनको भनाइ छ ।

‘स्थानीय निकायको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठबन्धनले भनेछ– जेठ अगावै चुनाव गर्ने । हो, यसैलाई भनिन्छ जनमतको तागत’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

 

 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८, १९:५१:००