NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते
प्रश्न उत्तर

लोक सेवा परिक्षामा सामना गरिने प्रमुख ८ समस्याको समाधान

बस्तुगत प्रश्नमा एउटा प्रश्न छोड्दा पास हुने सम्भावना रहन्छ ?

काठमाडाैँ । लाेक सेवा परीक्षाकाे तयारीमा रहेकाहरूसँग अनेकाैँ जिज्ञासाहरू हुन्छन् । ती जिज्ञासाकाे समाधान खाेज्न धेरैलाइ कठिन भइरहेकाे हुनसक्छ । त्यसकाे समाधानका लागि हामीले केही समस्याहरू सहसचिव प्रकाश दाहालसँग राखेका थियाैँ । सहसचिव दाहालले दिनुभएकाे जवाफ यस प्रकार छन् ।

बस्तुगत प्रश्नमा एउटा प्रश्न छोड्दा पास हुने सम्भावना रहन्छ ? नराम्रो अक्षरले बस्तुगत प्रश्नमा के कति फरक पार्दछ ?

विषयगत प्रश्नमा १० नम्बरको एउटा प्रश्न छोडेर पास हुने सम्भावना ज्यादै न्यून हुन्छ । बाँकी ९ वटा प्रश्नको उत्तर अति उत्कृष्ठ हुँदा मात्र पास हुन सक्ने सम्भावना रहन्छ जुन कठिन कुरा हो । विषयगत उत्तर लेख्दा राम्रो नम्बर पाउन अक्षरको भूमिका महत्वपूर्ण हुन्छ । अक्षर राम्रो भन्दा पनि स्पष्ट बुझिने, मोटो, गाढा र अलि ठूलो हुनु पर्छ ।

लामो प्रश्नमा कति ठुलो उत्तर लेख्दा ठिक हुन्छ ?

उक्तरको भोल्यूम भन्दा पनि कन्टेन्ट ज्यादा महत्वपूर्ण हुन्छ । त्यसैले कति अंकको प्रश्नमा कति पेज लेख्ने भन्ने कुनै नियम हुँदैन । सम्भव भए सम्म कम भोल्युममा मागेजती कुरा दिन सके समय व्यवस्थापन र परीक्षकको सहजता दुबैका हिसाबले राम्रो हुन्छ । तर पनि सामान्यतया ५ अंकको उत्तर एक देखि डेढ पेजसम्म र १० अंकको उत्तर दुई देखी ३ पेज सम्म लेख्न सकिन्छ । लेखाइको स्पिड, पेपर फोलि्डङ् गर्दा छोडिने मार्जिन र अक्षरको साइजले पनि भोल्यूम फरक पर्छ ।

पाँच नम्बरको प्रश्नमा निष्कर्ष दिनु वा नदिनुले केही फरक पार्छ ?

पाँच नम्बरको प्रश्नमा निष्कर्ष लेखिरहनु पर्छ भन्ने छैन । मागेको कुरा बुँदागत रुपमा प्रस्तुत गर्दा हुन्छ । निष्कर्षमा खर्चने समय बरु थप कन्टेन्ट दिनमै प्रयोग गर्दा फाइदा हुन्छ ।

१९ औं पटकको अन्तिम अवसरमा लोकसेवा पास गरेँ

सरकारका तीन तहबिच राजनैतिक,आर्थिक र प्रशासनिक अन्तरसम्बन्धबारे प्रष्ट पार्नुहोस् ? – १०

सरकारका तीन तह बीचको अन्तर सम्बन्ध संविधानले गरेको व्यवस्थाका आधारमा लेख्नु पर्छ । नेपालमा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध पारस्परिक सहयोग, सहअसि्तत्व, सहकारिता र समन्वयमा आधारित छ । नेपालको संविधानको धारा ५१, ५६, ५७, ५८, २३२ र २३५ ले राजनीतिक अन्तर सम्बन्धलाई परिभाषित गरेका छन् । धारा ५९ र ६० ले आर्थिक अन्तरसम्बन्धको आधार तय गरेका छन् । त्यसैगरी धारा ५६, ५७, २३२, २३५, २२७ र २८५ ले प्रशासनिक अन्तरसम्बन्धलाई परिभाषित गरेका छन् । यो प्रश्नको उत्तर संविधानका यिनै व्यवस्थाहरुका आधार लेख्नु पर्ने हुन्छ ।

सामाजिक समस्या र बिकृति सुधारका उपायहरु उल्लेख गर्नुहोस् ? – १०

यो प्रश्नको उत्तर लेख्दा समाजमा विद्यमान रहेका समस्या तथा विकृतिहरु संक्षेपमा उल्लेख गरी तिनको सुधारका उपाएलाई नीतिगत, संस्थागत, प्रशासनिक र आचरणगत सुधारमा समुहिकृत गरी बुँदागत रुपमा लेख्नु राम्रो हुन्छ ।

सामाजिक द्धन्द्ध कारण, असर र द्धन्द्ध व्यवस्थापनका उपायहरु उल्लेख गर्नुहोस् ? – १०

यस प्रश्नको हकमा सर्बप्रथम सामाजिक द्धन्द्धको संकि्षप्त परिभाषा लेखी फरक फरक शीर्षकमा सामाजिक द्धन्द्धका कारण र असरहरुलाई बुँदागत रुपमा लेख्नु पर्छ । अर्को खण्डमा द्धन्द्ध व्यवस्थापनका उपाएहरु बुँदागत रुपमै लेख्नु पर्छ । कारणहरु लेख्दा राजनीतिक, सामाजिक, आर्थिक र जानसांखि्यक पक्षलाई छुटाउनु हुन्न । असर लेख्दा यस्ता कारणहरुले शानि्त, विकास, सामाजिक सहिष्णुता, स्थायित्व र राषि्टय एकता जस्ता विषयमा केनि्द्रत भएर लेख्नु पर्छ । द्धन्द्ध व्यवस्थापनका उपाएहरु लेख्दा माथि उल्लेख गरिएका कारणका पक्षहरुमै आधारित भएर ती कारणको समाधान गर्न निरोधात्मक र उपचारात्मक दुबै उपाएहरु लेख्नु पर्छ ।

व्यापारको डुङ्गा डुबेपछि लोकसेवाको सहारा

नेपालको विकासका पुर्वाधारहरुको विकासको अवस्थाबारे प्रष्ट पार्नुहोस् ? – १०

यो प्रश्नको उत्तर लेख्दा तथ्यांकहरुमा आधारित भएर लेख्नु पर्छ । पूर्वाधार अन्तर्गत सडक यातायात, सिंचाई, खानेपानी, सहरी विकास, ऊर्जा जस्ता क्षेत्रहरुलाई छुटाउनु हुन्न । यी क्षेत्रहरुको सि्थतिलाई तथ्यांकमा प्रस्तुत गरे पछि संक्षेपमा पूर्वाधार विकासमा रहेका समस्या तथा कम्जोरीहरुको समेत चर्चा गर्नु पर्दछ ।

थप पढ्नुहोस्