NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अन्ततः २५ हजार धरौटीमा छुटे उमाशंकर

काठमाडौं । राजस्व ठगीको आरोप लागेका बाराका उमाशंकर रायभर रिहा भएका छन् । शुक्रबार न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उच्च अदालतका प्रवक्ता नगेन्द्र केशरी पोखरेलका अनुसार शुक्रबार प्रक्रिया पूरा हुन नसकेपछि उनी आइतबार उक्त धरौटी बुझाएर छुटेका हुन् ।

राजश्व अनुसन्धान विभागले मिश्रसहित १७ जनालाई विभिन्न कम्पनीहरुबाट एक अर्ब ४ करोड राजस्व ठगी गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

सर्लाहीका सरोजकुमार मिश्रले उमाशंकरको नागरिकता र ल्यापचे दुरुपयोग गरी काठमाडौंमा ब्लुक्रस ट्रेडर्स र जेएन सप्लायर्स नामको कम्पनी खोलेका थिए । सोही कम्पनीले २८ करोड राजश्व ठगेपछि उक्त भार उमाशंकरको टाउकोमा परेको थियो ।

अनुसन्धानका क्रममा विभागको निशानाान उमाशंकर परे । सोही मुद्दामा सर्वोच्चले मिश्रले नै उमाशंकरको नाममा संस्था खोलेर दुरुपयोग गर्दै राजश्व चुहावट गरेको आदेशमा स्पष्ट उल्लेख गरेको थियो ।