NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बाख्रा चराउन जाँदा ढुङ्गाले लागेर गम्भिर घाइते महिलालाई सैनिक हेलिकप्टरबाट उद्धार

मुगु । ढुङ्गा खसेर टाउको तथा आँखामा चोट लागि गम्भिर घाईते मुगुकी एक महिलालाई नेपाली सेनाले उद्धार गरेको छ । सोरु गाउँपालिका वडा नं.५ निवासी एक महिलालाई बाख्रा चराउन गएको अवस्थामा माथिबाट ढुङ्गा खसेर टाउको तथा आँखामा गम्भिर चोट लागेको थियो ।

नेपाली सेनाले घाइते महिलाको नाम उल्लेख गरेको छैन । ती महिलालाई पश्चिम एयर वेशको हेलिकप्टरले उद्धार गरेर सैनिक अस्पताल, नेपालगञ्ज ल्याएको जनाएको छ ।

अहिले ती महिलाको नेपालगञ्जस्थित कोहलपुर अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ ।