NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

भागबण्डा पुर्याउन प्रदेश १ मा पनि मन्त्रालय विभाजन गरिँदै

काठमाडौं । प्रदेश १ सरकारले अहिले कायम मन्त्रालय विभाजन गरेर थप गर्ने तयारी गरेको छ ।

त्यसका लागि हालै बसेको त्यहाँको मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई टुक्र्याउने निर्णय गरेको छ ।

प्रदेश १ मा हाल ७ मन्त्रालय छन्। अब त्यसलाई थप गरेर १२ बनाउने निर्णय गरिएको स्रोतको दाबी छ ।

एमाले नेतृत्वको सरकार विस्थापित गराएर त्यहाँ एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बनेका छन् । तर उनले आकांक्षी व्यवस्थापन गर्न सकिरहेका छैनन् ।  त्यही भागबण्डा मिलाउन विभाजनको कदम उठाइएको हो ।

मन्त्रालय विभाजनको निर्णय गरिए पनि आलोचनाको डरले गुपचुप राखिएको छ ।

यसअघि वाग्मती प्रदेशमा पनि एकीकृत समाजवादी नेतृत्वको सरकारले भागबण्डा पुर्याउन यसैगरी मन्त्रालय विभाजन गरेको थियो ।