NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

इंग्लिस फुटबलर ग्रिनउड पक्राउ, प्रेमिका बलात्कार गरेको आरोप

काठमाडौं ।  प्रेमिकामाथि बलात्कार र कुटपिट गरेको आरोपका इंग्ल्याण्डका फुटबलर पक्राउ परेका छन् । म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मासन ग्रिनउड पक्राउ परेका हुन् ।

ग्रिडउडमाथि प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोप लागेको छ । उनीमाथि आरोप लागेपछि पक्राउ गरी अनुसन्धान थालिएको इंग्ल्याण्ड प्रहरीलाई उदृत गर्दै बेलायती मिडियाले जनाएका छन् ।

प्रेमिका रोब्सनले ग्रिनउडले आफूमाथि आक्रमण गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल इस्टाग्राममा तस्बिर र भिडियो सार्वजनिक गरेकी थिइन् । जसमध्ये एक तस्बिरमा उनको ओठबाट रगत बगिरहेका देखिन्छ ।

‘ग्रिनउडले ममाथि के गरेको हो भन्ने जान्न चाहनेहरूका लागि’, भन्दै उनले भिडियोको क्याप्सन लेखेकी छिन् ।

यसैलाई अधार बनाएर ग्रिनउडलाई प्रहरीले पक्राउ गरेको हो ।

२० वर्षीय ग्रिनउड युनाइटेडको फुटबल एकेडेमीकै उत्पादन हुन् । उनले २०१८–१९ को सिजनमा सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले युनाइटेडका लागि १२९ खेलमा ३५ गोल गरेका छन् ।

साथै, ग्रिनउडले इंग्ल्याण्डबाट एक खेल खेलेका छन् । केही महिनाअघि इंग्लिस मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राष्ट्रिय टोलीमा बोलाएका थिए । तर, उनी आफैंले आफू कम अनुभवी रहेकाले त्यसका लागि तयार नभएको जवाफ दिएका थिए । आफूले यो निर्णय परिवारसँगको सल्लाहमा लिएकाे उनको भनाइ थियो ।