NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

एजेन्सी । जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार गायब भएको छ ।

विमान इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडे लगत्तै हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

विमान समुद्रमाथि पुगेपछि सम्पर्कविहीन भएको बताइएको छ ।

रक्षा मन्त्रालयले सो विषयमा थप अनुसन्धान गरिरहेको समाचारहरूमा जनाइएको छ ।