NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

छापामा आज : कसले के लेखे ?

काठमाडौं । एमसिसीलाई लिएर सत्ता साझेदार दलमा देखिएको मतभेद आजका सबैजसो दैनिक अखबारको प्राथमिकतामा परेको छ । यसबाहेकका समाचारमा भने विविधता छ ।

अन्नपूर्णले ‘मुसहरको वन, टाठाबाठाको धन’ शीर्षकमा मुख्य समाचार बनाएको छ ।

नयाँ पत्रिकाको नजर विशेष अदालतमा दायर हाइ प्रोफाइल भ्रष्टाचार मुद्दामा परेको छ । समाचारअनुसार, यस्ता भ्रष्टाचार मुद्दाको सुनुवाइ अहिले ठप्प छ । स्वास्थ्य चौकी पहिरोबाट जोगाउन आएको ३० लाख बजेट मुखयमन्त्री शाहीले आफ्नै घर जोगाउन खर्च गरेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । २० मुलुकमा राजदुत नियुक्ति तयारी गरिएको, सुन तस्करी आरोपीका दुईथरी नागरिकता भेटिएको, संक्रमितलाई नेगेटिभ रिपोर्ट दिएर सामाजिक अपराध गरिएकोलगायत खबरलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएको छ ।

कान्तिपुरमा ‘एमसिसीले धरमराको गठबन्धन’ शीर्षकमा समाचार छ । जसमा एमसिसीले सत्ता साझेदार दलमा आएको हलचलबारे चियोचर्चो गरिएको छ । कुुरिलोको मूल्य किलोकै ९ हजार रूपैयाँसम्म पुगेको अर्को रोचक खबर पनि कान्तिपुरमा छ ।

नागरिकले सभामुख हटाउन प्रस्ताव दर्ताको तयारी गरिएको लेखेको छ भने गोरखापत्रले पशुपति क्षेत्रमा संग्रहालय बनाउने तयारीबारे एंकर बनाएको छ ।