NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अध्यक्षमा खनाल

काठमाडौं । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अध्यक्षमा हिमाल खनाल चयन भएका छन ।

भर्चुअल माध्यम (जुम) बाट सोमबार सम्पन्न मञ्चको छैठौ अधिवेशनले खनालको नेतृत्वमा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

मञ्चको वरिष्ठ उपाध्यक्षमा टीकाराम पोखरेल, उपाध्यक्षहरूमा जीवन आचार्य, रुद्र पौडेल र धर्मराज घिमिरे चुनिएका छन् ।

महासचिवमा दीपक खनाल, सचिवमा बाबुराम पोखरेल, माधव खनाल र नन्दराम पौडेल रहेका छन् ।

मञ्चको कोषाध्यक्षमा ठाकुर खनाल र सह–कोषाध्यक्षमा योगेश भुसाललाई चयन गरिएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले नेपालवाचलाई जानकारी दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष